CG Electronics
IME Life
NIMB

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनीको पूर्ण स्वामित्व अधिग्रहण गरेको छ। यो निर्णय सर्वोत्तम सिमेन्टको छैठौँ वार्षिक साधारण सभामा सार्वजनिक गरिएको हो।

कम्पनीले शुभश्री जगदम्बा सिमेन्ट मिल्सको सेयर प्रतिकित्ता रु १०० र जगदम्बा सिमेन्ट कम्पनीको सेयर प्रतिकित्ता रु १५ मा खरिद गरेको छ। यो खरिदसँगै शंकर ग्रुपले लगभग २३ वर्ष पुरानो ब्रान्ड ‘जगदम्बा सिमेन्ट’ बाट बाहिरिने निर्णय गरेको छ।

जगदम्बा सिमेन्टको कुल पुँजी १ अर्ब रुपैयाँ रहेकोमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपका न्यौपाने दाजुभाइको ५५ प्रतिशत स्वामित्व थियो। यस अधिग्रहणसँगै सबै सेयर सर्वोत्तम होल्डिङ्समा हस्तान्तरण भएको छ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेका अनुसार यो सौदाले कम्पनीलाई जगदम्बा जस्तो पुरानो ब्रान्डको प्रतिष्ठा र बलियो डिलर नेटवर्कको फाइदा दिलाउनेछ। साथै, नयाँ उद्योग स्थापनाको तुलनामा अधिग्रहण लाभदायक हुने उनको विश्वास छ।

यो खरिदपछि सर्वोत्तम सिमेन्टले उत्पादन क्षमता बढाउँदै बजार हिस्सामा आफ्नो पकड थप बलियो बनाउने योजना अघि सारेको छ। कम्पनीले उपभोक्तालाई उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने उद्देश्यसहित उत्पादन विविधिकरणमा पनि ध्यान केन्द्रित गर्नेछ।

विश्लेषकहरूका अनुसार, यो अधिग्रहणले नेपाली सिमेन्ट उद्योगमा नयाँ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नेछ। निर्माण व्यवसायीहरूका लागि मूल्य स्थिरता कायम रहन सक्छ भने लगानीकर्ताका लागि नयाँ अवसरहरू खुल्ने अपेक्षा गरिएको छ। सन् २००१ मा स्थापना भएको जगदम्बा सिमेन्ट नेपाली बजारमा स्थापित ब्रान्डहरूमध्ये एक हो।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...