Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापक र डिपोजिटरी रहेको “सानिमा म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने चौथो तथा पहिलो खुलामुखी योजना “सानिमा फ्लेक्सी फण्ड” लाई नेपाल धितोपत्र बोर्ड (SEBON) बाट संचालन अनुमति प्राप्त भएको छ। यस योजनाको पहिलो चरणमा स्वीकृत आकार रु. १ अर्ब रहेको छ।

यस खुलामुखी सामूहिक लगानी कोष योजनाको कुल आकार १० करोड इकाई (प्रति इकाई अंकित मूल्य रु. १०) रहेको छ। यसको पहिलो चरणमा ४ करोड इकाई (कुल आकारको ४०%) सार्वजनिक बिक्रीका लागि उपलब्ध गराइनेछ। यस मध्ये १.५ करोड इकाई (कुल आकारको १५%) कोष प्रवर्धक सानिमा बैंक लिमिटेड र योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी २.५ करोड इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि खुल्ला गरिनेछ।

यो योजना खुलामुखी प्रकृतिको भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण हुने छैनन्। तथापि, योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा योजना व्यवस्थापक तथा तोकिएका वितरकहरु मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ। लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय, तोकिएका वितरक कार्यालयहरु वा अनलाइन मार्फत इकाई खरिद गर्न सक्नेछन्।

सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारमा ९ वर्षदेखि दक्षतापूर्वक सेवा प्रदान गर्दै आएको छ। यसअघि सानिमा म्युचुअल फण्ड अन्तर्गत तीन बन्दमुखी योजनाहरु सफलतापूर्वक संचालन गरिसकेको छ। यस मध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्षे अवधि पूरा गरी लगानीकर्ताहरुलाई १७.५% को बार्षिक औसत प्रतिफल प्रदान गरेको छ।

“सानिमा फ्लेक्सी फण्ड” को इकाई बिक्री मिति २०८१ माघ ०६ देखि २०८१ माघ २० सम्म खुल्ला रहनेछ।

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२७

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...