CG Electronics
IME Life
NIMB

प्रविधिको उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । विश्वको अर्थव्यवस्था अहिले फरक ढंगले अगाडि बढिरहेको छ भन्ने विश्लेषण सरोकारवालाहरूले गरेका छन्। उनीहरूले प्रविधिको उपयोगबाट मात्र समृद्धि हासिल गर्न सकिने बताएका छन्। नेपालले छिमेकी राष्ट्रहरूको ज्ञान, सीप र प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

 

फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको “नेपाल–चीन सम्बन्ध र नेपालको आधुनिक विकास” विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले विश्व राजनीति फरक ढंगले अगाडि बढिरहेको बेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने सुझाव दिएका थिए।

 

आईटी विज्ञ बसन्त पन्तले अर्थतन्त्र समृद्धिको मूल आधार प्रविधिको विकाससँग जोडिएको बताउँदै विकासको गति प्रविधिको विकाससँग नै सम्बन्धित छ भन्ने बताए। उनले प्रविधिले अवसर र चुनौती सँगै ल्याएको भन्दै समयको माग अनुसार सही ढंगले अगाडि बढ्न नसकेमा पछाडि पर्ने चेतावनी दिए।

 

फ्रेण्डस् अन द क्लाउड प्लेटफर्मका अध्यक्ष शोभित उप्रेतीले नेपालले छिमेकी राष्ट्रबाट सिक्दै प्रविधिको अधिक उपयोग गरेर आर्थिक विकासमा अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली, डा. केशव बस्याल, लालकृष्ण केसी, पत्रकार ठाकुर बेल्बासे, तारा बस्याल लगायतले नेपाल–चीन सम्बन्ध र त्यसले नेपालको आर्थिक विकासमा पुगेको योगदानबारे आफ्ना विचार राखेका थिए।

यसरी, प्रविधिको उपयोगबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने विश्वास कार्यक्रममा उपस्थित विशेषज्ञहरूले व्यक्त गरेका छन्।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...