Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

प्रविधिको उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौँ । विश्वको अर्थव्यवस्था अहिले फरक ढंगले अगाडि बढिरहेको छ भन्ने विश्लेषण सरोकारवालाहरूले गरेका छन्। उनीहरूले प्रविधिको उपयोगबाट मात्र समृद्धि हासिल गर्न सकिने बताएका छन्। नेपालले छिमेकी राष्ट्रहरूको ज्ञान, सीप र प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

 

फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको “नेपाल–चीन सम्बन्ध र नेपालको आधुनिक विकास” विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले विश्व राजनीति फरक ढंगले अगाडि बढिरहेको बेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने सुझाव दिएका थिए।

 

आईटी विज्ञ बसन्त पन्तले अर्थतन्त्र समृद्धिको मूल आधार प्रविधिको विकाससँग जोडिएको बताउँदै विकासको गति प्रविधिको विकाससँग नै सम्बन्धित छ भन्ने बताए। उनले प्रविधिले अवसर र चुनौती सँगै ल्याएको भन्दै समयको माग अनुसार सही ढंगले अगाडि बढ्न नसकेमा पछाडि पर्ने चेतावनी दिए।

 

फ्रेण्डस् अन द क्लाउड प्लेटफर्मका अध्यक्ष शोभित उप्रेतीले नेपालले छिमेकी राष्ट्रबाट सिक्दै प्रविधिको अधिक उपयोग गरेर आर्थिक विकासमा अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली, डा. केशव बस्याल, लालकृष्ण केसी, पत्रकार ठाकुर बेल्बासे, तारा बस्याल लगायतले नेपाल–चीन सम्बन्ध र त्यसले नेपालको आर्थिक विकासमा पुगेको योगदानबारे आफ्ना विचार राखेका थिए।

यसरी, प्रविधिको उपयोगबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने विश्वास कार्यक्रममा उपस्थित विशेषज्ञहरूले व्यक्त गरेका छन्।

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:२६

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले...