Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सामाजिक संजाल विधेयकको विरोध नगरौं : मन्त्री गुरुङ

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले धेरै नीतिहरु परिवर्तन गर्नुपर्ने बताएका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्धमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री गुरूङले धेरै स्थानमा नीतिहरु नै नभएकाले उल्टो बाटो हिँडिरहेको बताएका हुन् ।

उनले भने, ‘परिवर्तन नै नभएको हाम्रा नीतिहरु छन् । गणतान्त्रिक नेपालमा गतिलो नीति नभएको मन्त्रालय हो जस्तो लाग्छ, अब यो कुरालाई मेटाउँदैछौं ।

यस वर्ष सबै नीति, विधेयक र कानूनहरु बनाउने कुरामा सबै सक्ने भनेर काम गरिरहेका छौं । यसै संशोधनका क्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधन पनि गर्नुपर्नेछ । धेरै ठाउँमा नीतिहरु नै छैन्, उल्टो बाटो हिँडिरहेका छौं ।’

साथै उनले राज्यको काम गर्ने तरिका बदल्नुपर्ने बताए । उनले अहिले पनि मुलुक टुक्र्याउने वा मुलुकलाई विखण्डन गर्ने दुष्प्रयासहरु भइरहेकाले यस्ता दुष्प्रयास गर्नेहरुलाई कारवाही गर्नुपर्ने बताए ।

उनले भने, ‘राज्यको काम गर्ने तरिका बदल्नुपर्ने छ । पहिले नीति बनाउनुपर्यो, त्यसपछि ऐन बनाउनुपर्यो । बनाएका ऐनहरु परिवर्तन हुनुपर्छ । स्वतन्त्रता, स्वाधिनता या भौगोलिक अखण्डता कदापी हुनु भएन । अहिले पनि हाम्रो मुलुक टुक्र्याउने वा विखण्डन गर्ने दुष्प्रयासहरु भैइरहेका छन् ।

संविधान जारी भएपनि यस्ता दुष्प्रयासहरु समाप्त भएका छैनन् । धार्मिक सहिष्णुता भत्काउन पाइँदैन् । यस्ता दुष्प्रयास गर्नेहरुलाई कारवाही गर्नुपर्छ ।’ साथै उनले एआइ प्रयोगले संसार नै ध्वस्त हुने भन्दै यसलाई नियमन गर्नुपर्ने बताए ।

उनले भने, ‘एआइ प्रयोगले संसार नै ध्वस्त हुनसक्छ । त्यसैले यस्ता विषयहरु नियमन गर्नको लागि पनि सामाजिक सञ्जाल विधेयक पास हुन आवश्यक छ । सामाजिक सञ्जाल नियमन जरुरी छ यसमा सरकारले पछाडि फर्कनुपर्ने अवस्था छैन विरोध नगरौं ।’

६ बर्षदेखि पत्रकारको तलब नबढ्नु दुःखद्
यसैगरी नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ६ वर्षदेखि पत्रकारहरुको परिश्रमिक नबढ्नु दुखद भएको बताइन् । उनले कर्मचारीका लागि हरेक वर्ष न्यूनतम पारिश्रमिक बढ्नुपर्ने सरकारकै नीतिहरुमा भएकाले परिश्रमिक बढ्नुपर्ने बताइन् ।

उनले भने, ‘६ वर्षदेखि पत्रकारहरुको परिश्रमिक बढेको छैन । सरकारले सरकारी निकायमा काम गर्ने कर्मचारीका लागि हरेक वर्ष न्यूनतम पारिश्रमिक बढ्नुपर्छ भनेर सरकारका नीतिहरु तयार छन् । तर श्रमजिवी पत्रकारहरुको हकमा ६ वर्षदेखि तलब बढ्न नसक्नु भनेको आफैंमा दुखद कुरा हो ।’

 

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...