मुक्तिनाथ विकास बैंकले तुलसीपुर उद्योग वाणिज्य संघलाई ५१ हजार रुपैयाँ सहयोग

Tuesday Feb 25, 2025
वि.सं.२०८१ फागुन १३ मंगलवार २०:४९

काठमाडौं । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न तुलसीपुर उद्योग वाणिज्य संघलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ। यो रकम संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सघाउन प्रदान गरिएको हो।
यस सहयोगले तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि र दुर्घटनाहरू न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका पदाधिकारी, तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख, र बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो।
यस अभियानले तुलसीपुर बजार क्षेत्रलाई अझ सुरक्षित र सुव्यवस्थित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।