कामना सेवा विकास बैंकले मोबाइल बैंकिङबाट मुद्दती खाता खोल्ने सुविधा

Wednesday Feb 26, 2025
वि.सं.२०८१ फागुन १४ बुधवार २१:०७

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप्लिकेशनबाट मुद्दती खाता खोल्न सकिने व्यवस्था मुहिम सुरु गरेको छ। यसले ग्राहकहरूलाई बैंकमा गएर भौतिक रूपमा उपस्थित हुनुपर्ने झंझटबाट मुक्त गराएको छ।
अब ग्राहकहरूले “के.एस.आई. मोबाइल बैंकिङ” एपबाट सजिलै र सुरक्षित तरिकाले मुद्दती खाता खोल्न सक्नेछन्। यसका लागि एपमा लगइन गरी “फिक्स्ड डिपोजिट” छनौट गरी आफूले चाहेको रकम जम्मा गरी खाता खोल्न सकिनेछ। यसले ग्राहकहरूलाई घरबाटै बसेर बैंकिङ सेवा उपयोग गर्न सहज बनाएको छ।
बैंकले प्रविधिको विकासलाई प्राथमिकता दिँदै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई मध्यनजर गरी बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ। यस नयाँ सुविधाले ग्राहकहरूलाई बैंकिङ सेवा प्रयोग गर्न अझै सहज बनाउने अपेक्षा गरिएको छ।