CG Electronics
IME Life
NIMB

बिवाईडी हाई–टेक वीक २०८१ काठमाडौंमा सुरु: विद्युतीय सवारी र प्रविधिको नवीन अनुभव

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडी हाई–टेक वीक २०८१ को आयोजना गरेको छ । पहिलोपटक आयोजना भएको यो विशेष कार्यक्रमले विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधिहरूलाई अनुभव गर्ने तरिका नै परिवर्तन गरिरहेको छ।

कार्यक्रम १४ फागुनदेखि १८ फागुनसम्म काठमाडौंको एभरेस्ट होटलमा भइरहेको छ। यस कार्यक्रमले आगन्तुकहरूलाई नयाँ ऊर्जा सवारी र दिगो प्रविधिहरू नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ।

बिवाईडी हाई–टेक वीक २०२५ केवल प्रदर्शनी मात्र नभई, ईभी प्रविधि, एआई एकीकरण र नयाँ ऊर्जा समाधानहरूको महत्त्वपूर्ण मञ्चको रूपमा प्रस्तुत गरिएको छ। यस कार्यक्रमले उद्योग व्यवसायी, ईभी बिक्रेता, प्रविधि प्रेमी र सर्वसाधारणलाई समेटेको छ।

 

कार्यक्रममा सहभागीहरूले बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ–प्लेटफम ३.०, डुअल मोड अफ–रोड, उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन्।

साथै, नेक्स्ट–जेन सवारी प्रदर्शन, बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरूको अवलोकन गर्न र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पनि पाउनेछन्।

स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक–समय प्रविधि प्रदर्शनका लागि डेमोन्स्ट्रेसन पनि हुनेछ। यसका अलावा, ईभी प्रविधि र नयाँ ऊर्जा सवारीको भविष्यबारे उद्योगका अग्रणी विज्ञ, इन्जिनियर र दिगोपन अभियानकर्ताहरूबाट विशेषज्ञ प्रवचन र प्यानल छलफल हुने बताइएको छ।

कार्यक्रममा नयाँ उत्पादनहरूको अनावरण पनि हुनेछ। यस क्रममा, नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर प्रदान गरिनेछ।

साइमेक्स इंक प्रालिका अध्यक्ष यमुना श्रेष्ठले यो आयोजनाले नेपालमा ईभी प्रविधिको भविष्यलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेकी छन्। उनले कार्यक्रममा भनिन्, ‘वायु प्रदूषणका कारण हिमालमा हिउ पग्लिदै गएको समयमा ईभीलाई प्राथमिकता दिन जरुरी छ। यस कार्यक्रममा सहभागिता जनाएर हामी नयाँ ऊर्जा सवारीको महत्त्व र दिगो भविष्यका लागि पहल गर्न सक्छौं।’

नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडी हाई–टेक वीक २०२५ ले हरित ऊर्जा यात्रालाई गति दिने र ईभी प्रविधिमा नवीनता ल्याउने उद्देश्य राखेको छ। प्रदर्शनीमा बिवाईडी सार्क, बाओ फाइभ, डेन्जा, याङवाङ यु८ र जेड नाइ जिटी मोडेलहरू राखिएका छन्। यीमध्ये डेन्जा नेपालमै राखिने छ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...