CG Electronics
IME Life
Ncell NPL

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३८ औं बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाएको छ। यस अवसरमा कम्पनीले आफ्ना बीमित, अभिकर्ता, कर्मचारीवर्ग र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सम्पन्न गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले बार्षिकोत्सवको अवसरमा मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग गरी तहाँ रहेका बालबालिकाहरूलाई खाना ख्वाएको बताउनुभयो। साथै, रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। यसैगरी, कम्पनीका देशभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि वृद्धाश्रम, बाल कल्याण संस्था र मानव सेवा आश्रम जस्ता संस्थाहरूलाई सहयोग पुर्याएका छन्।

कर्मचारीहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउने उद्देश्यले कम्पनीले आन्तरिक खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो। यस अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष र महिला तर्फ फुटसल, ब्याडमिन्टन र बुद्धिचाल जस्ता खेलकुद प्रतियोगिताहरू सम्पन्न भएका थिए।

बार्षिकोत्सवको समापन कार्यक्रम बुढानिलकण्ठ स्थित होटल लेमन ट्रीमा मनोरञ्जनात्मक प्रस्तुतिहरू सहित भव्य रूपमा सम्पन्न भयो। यस अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीज्यूले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो र खेलकुद प्रतियोगिताका विजेताहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो। साथै, रक्तदान गर्ने कर्मचारीहरूलाई पनि प्रमाणपत्र दिइएको थियो।

नेशनल लाइफ इन्स्योरेन्सले यसरी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा सहभागीता जनाउँदै आफ्नो बार्षिकोत्सव मनाएको छ भने कर्मचारीहरूको सहभागिता र उत्साहलाई पनि प्रशस्त्याएको छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...