नेपाल लाइफद्वारा “छुट्ला है छुट” योजना सार्वजनिक

Thursday Feb 27, 2025
वि.सं.२०८१ फागुन १५ बिहीवार २२:००

काठमाडौं। नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना बीमित ग्राहकहरूको लागि विशेष छुट योजना “छुट्ला है, छुट” सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिइने छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना कम्पनीको २५औं वर्षगाँठको अवसरमा ग्राहकहरूको हितलाई मध्यनजर गरी सार्वजनिक गरिएको बताए। उहाँले यो योजना एक पटकको लागि मात्र लागू हुने र २०८१ सालको मंसिर १५ गतेदेखि २०८२ सालको फागुन १३ गतेसम्म मात्र उपलब्ध हुने जानकारी दिनुभयो।
यस योजनाको लाभ लिन चाहने ग्राहकहरूले १८० दिनभन्दा बढी व्यतित भएका बीमालेखहरूको नविकरण बीमाशुल्क भुक्तानी गरेमा मात्र विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउने छन्। कम्पनीले बीमालेखलाई निरन्तरता दिने र जोखिम हस्तान्तरण गरी ढुक्क हुन आग्रह गरेको छ।
नेपाल लाइफले यस योजनाबाट ग्राहकहरूलाई आकर्षित गरी बीमालेख नविकरण प्रक्रियालाई प्रोत्साहन दिने लक्ष्य राखेको छ। यसरी नेपाल लाइफले आफ्ना ग्राहकहरूको आर्थिक सुरक्षा र सुविधालाई अझ बढाउने प्रयास गर्दैछ।