Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

पूर्वाधार विकासको जनचाहना पूरा गर्न विकास निर्माणको काममा दलहरुले मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

Machhapuchchhre Bank Limited

 

कञ्चनपुर । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरु मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवासुविधा दिनुपर्नेमा आफ्नो जोड रहेको बताउनुभयो ।

उहाँले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरु मिलेको चर्चा गर्दै उहाँले विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी रहेको धारणा राख्नुभयो । ‘जनताले सेवा सहज होस् भन्ने चाहेको छ । स्थानीय, प्रदेश र संघ सबै तहका सरकारले पूर्वाधार विकासमा काम गर्नुप¥यो भन्ने जनचाहना छ ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छ भन्ने मलाई लागेको छ ।

चुनावको बेलामा पार्टीहरुले आफ्नो एजेण्डा अलग्गै लिएर जनतामा गए पनि विकासका काममा सबै दलहरु मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’

उहाँले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकैले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहित अरु दलहरुलाई पनि मिलाएर सरकार बनेको बताउनुभयो । त्यस्तै, उपप्रधानमन्त्री सिंहले सरकारले बजेट बनाउँदा जनताको आवश्यक्ताको प्राथमिकिकरणका आाधरमा योजनाहरु बनाउने पनि बताउनुभयो ।

संविधानले दिएका अधिकार सबैले बराबरी रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै उहाँले लामो संघर्षबाट प्राप्त अधिकारहरुलाई सुरक्षित गर्न आवश्यक कानूनहरु बनाउन सरकार लागिरहेको जानकारी दिनुभयो । अधिकार सँगसँगै जिम्मेवारी विर्सन नहुनेमा पनि सिंहले बताउनुभयो । उहाँले वर्तमान सरकार आर्थीक समृद्धि र विकासमा केन्द्रीत भइरहेको भन्दै सरकारले नागरिकको चाहनाअनुसार काम गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...