Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

डिएलए निर्वाचन : माओवादीसँग सहकार्य गर्ने एमाले निकट कानून व्यवसायीको प्रयासमा एमाले नेतृत्वको आपत्ति

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं। यही चैत्र २३ गतेबाट शुरु हुने नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समिति निर्वाचनमा माओवादी निकट कानून व्यवसायीको संस्था गणतान्त्रिक कानून व्यवसायी संगठनले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालनिकट श्रेष्ठ महान्यायाधिवक्ता रहिसकेका छन् ।

उनलाई बार निर्वाचनमा प्रगतिशिलहरुका तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासस्वरुप संगठनले एमाले निकट प्रगतिशिल कानून व्यवसायी संगठनको समर्थन खोजेको छ । प्रगतिशिलले वरिष्ठ अधिवक्ता टिकाराम भट्टराइलाई उम्मेदवार बनाउने तयारी गर्दै गर्दा एक समूहले भने श्रेष्ठलाई नै समर्थन गरेर गठबन्धन गर्ने प्रयास गरेको छ । कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनविरुद्ध वाम गठबन्धन गर्ने प्रयास नेतृत्वसमक्ष पुगेको बताइन्छ ।

रमण श्रेष्ठलाई सघाउने गरी प्रस्ताव आए पछि एमाले नेतृत्वले भने तीव्र रोष प्रकट गरेको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्ताव ठाडै अस्वीकार गरेको जानकार श्रोतको दावी छ । हामी अहिले काँग्रेससँग गठबन्धन गरेर सरकारमा छौं, उनले भने, यस्तोमा हामीलाई धोका दिने माओवादीसँग कसरी सहकार्य हुन्छ ? उनले सके डिएलए नभए एक्लै चुनाव लड्न पिएलए तयार हुनुपर्ने बताएको बैठकमा सहभागी नेताले बताएका छन् ।

डिएलएमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, विजय मिश्र तथा योगेन्द्र क्षेत्री टिकटका दावेदार छन् । डिएलएले पूर्व अध्यक्षहरुसहितको छनौट समिति गठन गरेर नाम तय गर्दैछ । सत्तरुढबीच नै फरक गठबन्धन बन्ने गृहकार्यको कांग्रेस एमाले दुवै दलका नेताले आपत्ति जनाएकाले चुनावअघि वाम गठबन्धन हुन्छ कि सत्ता गठबन्धन वा बेग्ला बेग्लै चुनाव त्यो भने हेर्न बाँकी छ।

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...