NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

महिन्द्रा केयर फेस्ट २०८१ आजबाट सुरु

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ, फाल्गुण १८। महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लि. ले यही फाल्गुण १८ गते देखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ। यस कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश) महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकार तथा अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भयो।

यस ४५–पोईन्ट चेकअप क्याम्पमा ग्राहकहरुले फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरुको पनि लाभ लिन सक्नेछन्। महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन्।

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा. लि. ले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुविधा पनि उपलब्ध गराएको छ। साथै, महिन्द्राका सर्टिफाइड एचभ–इधलभम गाडी खरिद गर्ने ग्राहकहरुका लागि आकर्षक अफर पनि ल्याइएको छ। यो सेवा काठमाडौँ, भैरहवा, इटहरी, पोखरा र चितवन शाखाहरुमा उपलब्ध छ।

ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन्।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...