नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले पूर्वअध्यक्षहरूसँग छलफल

Monday Mar 03, 2025
वि.सं.२०८१ फागुन १९ सोमवार २२:१३

ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउने उद्देश्यले प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गर्नुभएको छ। यस कार्यक्रममा पूर्वअध्यक्ष माधव प्रसाद उपाध्याय, देवेन्द्र प्रताप शाह र प्रा.डा. फत्तबहादुर के.सी.ले सहभागिता जनाउनुभयो।
छलफलको क्रममा पूर्वअध्यक्षहरूले बीमा ऐन र नियमले प्राधिकरणको नेतृत्वलाई बलियो बनाएको बताउँदै संस्थाको प्रतिष्ठा उच्च बनाउन निडर र इमान्दारितापूर्ण कार्य गर्न आग्रह गरे। उनीहरूले नियामकीय भूमिकालाई सशक्त बनाउने, राजनीतिक हस्तक्षेप रोक्ने, बीमा कम्पनीहरूलाई अनावश्यक कार्यबाट टाढा राख्ने, र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने जस्ता सुझावहरू दिए।
अध्यक्ष ओझाले विगतका राम्रा अभ्यासहरूलाई निरन्तरता दिँदै बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित र स्वच्छ प्रतिस्पर्धी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले पूर्वअध्यक्षहरूबाट प्राप्त अनुभवलाई मार्गदर्शक मानेर अगाडि बढ्ने बताउनुभयो।
यस कार्यक्रममा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी, कमल प्रसाद रेग्मी र उपनिर्देशकहरूको पनि सहभागिता रहेको थियो।