Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, मन्त्री दुबैले दिए समस्या समाधानको आश्वसन

 

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरी अलैँची व्यवसायमा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ। महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायका विभिन्न नीतिगत र व्यवहारिक समस्याबारे जानकारी गराउँदै सरकारको सक्रिय पहल आवश्यक रहेको उल्लेख गरेको छ ।

उद्योग वाणिज्य मन्त्री भण्डारीले नेपालमै अलैँचीको खपत बढाउने नीति ल्याउने र निर्यातका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले विशेष रूपमा ल्याब परीक्षण प्रक्रियामा देखिएको जटिलता हटाउने, व्यवसायमैत्री नीति अवलम्बन गर्ने तथा अलैँची बिक्रीका लागि आवश्यक अनुमति प्रक्रिया सहज बनाउने विषयमा पहल गर्ने आश्वासन दिए।

अलैँची उत्पादन पछिल्ला वर्षहरूमा घट्दै गएको भन्दै महासंघले कृषि मन्त्री अधिकारीसँग विशेष चासो व्यक्त गरेको थियो। पछिल्ला दुई वर्षमा क्रमशः ५० प्रतिशत र २० प्रतिशतले उत्पादन घटेको तथ्यांक प्रस्तुत गर्दै महासंघले उत्पादन वृद्धिका लागि प्रभावकारी रणनीति आवश्यक रहेको जनाएको थियो। मन्त्री अधिकारीले उत्पादन वृद्धिका लागि प्रविधि हस्तान्तरण, किसानलाई आवश्यक सहयोग, टिस्यु कल्चर प्रविधिको प्रवर्द्धन र सिँचाइ सुविधाको लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।

अलैँची व्यवसायीहरूले बिमा सहज नहुँदा थप समस्या भोग्नुपरेको भन्दै महासंघले बिमा प्रक्रिया सरल बनाउन माग गरेको थियो। हाल केही बिमा कम्पनीहरू अलैँची खेतीको बिमा गर्न अनिच्छुक रहेको उल्लेख गर्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको थियो। मन्त्री अधिकारीले आगामी बजेट निर्माणमा यस विषयलाई समेट्ने प्रतिबद्धता जनाए। साथै, महासंघले अलैँचीका सराबाट सामग्री निर्माण सम्बन्धी तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग पनि राखेको थियो।

अलैँची व्यवसायी महासंघले अलैँची व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गर्दै आएको छ। महासंघले २०६४ सालमा स्थापना भई हालसम्म १५ जिल्लामा संगठन विस्तार गरिसकेको छ। देशभर ४३ जिल्लामा व्यावसायिक अलैँची खेती भइरहेको र ५३ जिल्लामा यसको सम्भावना रहेको महासंघको तथ्यांक छ। करिब १ लाख २५ हजार किसान अलैँची खेतीमा संलग्न छन्, जसबाट वार्षिक ५ देखि ८ अर्ब रुपैयाँसम्म वैदेशिक मुद्रा आर्जन भइरहेको छ।

सरकारका दुई मन्त्रीसँग भएको छलफल सकारात्मक रहेको महासंघको निष्कर्ष छ। महासंघले अघि सारेका मागहरू पूरा हुने अपेक्षा गर्दै आगामी दिनमा ठोस कार्यान्वयनका लागि निरन्तर दबाब दिने जनाएको छ। उक्त भेटघाटमा महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्की, महासचिव नारायण चिमोरियाँ, केन्द्रिय सदस्यहरु कुशुम दाहाल र इन्द्र तामाङ, निर्यातकर्ता एंव सल्लाहकार बस्नत बंमश लगायत विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...