CG Electronics
IME Life
NIMB

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, मन्त्री दुबैले दिए समस्या समाधानको आश्वसन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरी अलैँची व्यवसायमा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ। महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायका विभिन्न नीतिगत र व्यवहारिक समस्याबारे जानकारी गराउँदै सरकारको सक्रिय पहल आवश्यक रहेको उल्लेख गरेको छ ।

उद्योग वाणिज्य मन्त्री भण्डारीले नेपालमै अलैँचीको खपत बढाउने नीति ल्याउने र निर्यातका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले विशेष रूपमा ल्याब परीक्षण प्रक्रियामा देखिएको जटिलता हटाउने, व्यवसायमैत्री नीति अवलम्बन गर्ने तथा अलैँची बिक्रीका लागि आवश्यक अनुमति प्रक्रिया सहज बनाउने विषयमा पहल गर्ने आश्वासन दिए।

अलैँची उत्पादन पछिल्ला वर्षहरूमा घट्दै गएको भन्दै महासंघले कृषि मन्त्री अधिकारीसँग विशेष चासो व्यक्त गरेको थियो। पछिल्ला दुई वर्षमा क्रमशः ५० प्रतिशत र २० प्रतिशतले उत्पादन घटेको तथ्यांक प्रस्तुत गर्दै महासंघले उत्पादन वृद्धिका लागि प्रभावकारी रणनीति आवश्यक रहेको जनाएको थियो। मन्त्री अधिकारीले उत्पादन वृद्धिका लागि प्रविधि हस्तान्तरण, किसानलाई आवश्यक सहयोग, टिस्यु कल्चर प्रविधिको प्रवर्द्धन र सिँचाइ सुविधाको लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।

अलैँची व्यवसायीहरूले बिमा सहज नहुँदा थप समस्या भोग्नुपरेको भन्दै महासंघले बिमा प्रक्रिया सरल बनाउन माग गरेको थियो। हाल केही बिमा कम्पनीहरू अलैँची खेतीको बिमा गर्न अनिच्छुक रहेको उल्लेख गर्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको थियो। मन्त्री अधिकारीले आगामी बजेट निर्माणमा यस विषयलाई समेट्ने प्रतिबद्धता जनाए। साथै, महासंघले अलैँचीका सराबाट सामग्री निर्माण सम्बन्धी तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग पनि राखेको थियो।

अलैँची व्यवसायी महासंघले अलैँची व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गर्दै आएको छ। महासंघले २०६४ सालमा स्थापना भई हालसम्म १५ जिल्लामा संगठन विस्तार गरिसकेको छ। देशभर ४३ जिल्लामा व्यावसायिक अलैँची खेती भइरहेको र ५३ जिल्लामा यसको सम्भावना रहेको महासंघको तथ्यांक छ। करिब १ लाख २५ हजार किसान अलैँची खेतीमा संलग्न छन्, जसबाट वार्षिक ५ देखि ८ अर्ब रुपैयाँसम्म वैदेशिक मुद्रा आर्जन भइरहेको छ।

सरकारका दुई मन्त्रीसँग भएको छलफल सकारात्मक रहेको महासंघको निष्कर्ष छ। महासंघले अघि सारेका मागहरू पूरा हुने अपेक्षा गर्दै आगामी दिनमा ठोस कार्यान्वयनका लागि निरन्तर दबाब दिने जनाएको छ। उक्त भेटघाटमा महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्की, महासचिव नारायण चिमोरियाँ, केन्द्रिय सदस्यहरु कुशुम दाहाल र इन्द्र तामाङ, निर्यातकर्ता एंव सल्लाहकार बस्नत बंमश लगायत विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो ।

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी...

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२१

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी...