Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारी र नेपालका लागि जापानी राजदुत तोरूबीच भेटवार्ता

Machhapuchchhre Bank Limited

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदुत मइडा तोरूले मंगलवार शिष्टचार भेट गरेका छन्। भेटका क्रममा नेपाल र जापानबीच भएको आपसी समझदारी एवम् श्रम संझौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको थियो।

साथै, नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षा लगायतका विषयमा मन्त्रीले चासो समेत राखेका थिए ।यसै गरी जापान सरकारको माग बमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशिघ्र निश्कर्षमा पुर्याउनु पर्ने विषयमा समेत दुबै पक्षबीच कुरा भयो।

भेटका क्रममा नेपालका लागि जापानी राजदुतले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताए ।

नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको प्रवक्ता डण्डुराज घिमिरे जानकारी दिए ।

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...