Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एलपी ग्यास उद्योगीसँग ५ बुँदे सहमती, ग्यासको मुल्य भने यथावत

Machhapuchchhre Bank Limited

 

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन् । मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्यास व्यवसायीबीच भएको वार्ताबाट सहमति भएको हो ।

सहमतिमा फागुन १८ गते वाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरेको जानकारी गरिएको छ भने, मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्यासको आपूर्ति सहज निगमले उपसमिति बनाइ अध्ययन गरी अघि बढाउने, व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाई काम अघि बढाउने कुराहरु उल्लेख गरिएका छन् ।

मन्त्रालयमा भएको छलफलपछी एलपी ग्यासको प्रति सिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमती भएको छ । नेपाल आयल निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमती भएपनी उपभोक्तामाथी भने उक्त भार नथपिने निगमले जनाएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्यासमा प्रतिसिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनी त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै व्यहोर्नेछ ।

आयल निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको निगमले जनाएको छ । अहिले दैनिक रूपमा १ लाख सलिन्डिर बिक्री हुने गरेको निगमले जनाएको छ । उद्योगीसँगको सहमतीअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डिर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ । ग्यास उद्योगीहरुसँग भएको सहमती अनुसार आन्तरीक र बाह्य ढुवानी भाडा समायोजन भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याहरु समाधान गर्ने बिषयमा सरकार सकारात्मक रहेको बताएकाछन् । उद्योगीका उपयुक्त मागहरु सरकारले प्राथमिकतामा राख्ने बताउँदै उनले सरकार सबैको हो भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...