Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाली बजारमा लन्च भयो विद्युतीय एमजी एस ५

Machhapuchchhre Bank Limited

काठमाडौं । एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस ५ नेपाली बजारमा लन्च भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि भन्सार प्रयोजनका लागि यसको मूल्य ४७ लाख देखि ५८ लाखसम्म निर्धारण गरेको थियो ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ ।

त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ । एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

 

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता...

वि.सं.२०८१ चैत १ शनिवार २१:४२

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा...

वि.सं.२०८१ फागुन २९ बिहीवार २३:२७

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा...

१७औं नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आजदेखि खुल्ला

१७औं नाडा अटो शो २०२५ को रजिष्ट्रेशन...

वि.सं.२०८१ फागुन २९ बिहीवार २२:४३

  काठमाडौं । नेपालको सवारी साधन क्षेत्रमा ठूलो आकर्षण बनेको...

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग ३० प्रतिशतले बृद्धि

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग...

वि.सं.२०८१ फागुन २९ बिहीवार २०:४०

  काठमाडौं । दक्षिण अफ्रिकाका सवारी साधन मालिकहरू विलासी कारहरू...

इलेक्ट्रिक सवारीसाधनको जलवा, इन्डोनेसियामा कार बिक्रीमा वृद्धि

इलेक्ट्रिक सवारीसाधनको जलवा, इन्डोनेसियामा कार बिक्रीमा वृद्धि

वि.सं.२०८१ फागुन २७ मंगलवार २३:१५

  काठमाडौं । इन्डोनेसियामा फेब्रुअरी महिनामा कार बिक्रीमा २.२ प्रतिशतको...

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना...

वि.सं.२०८१ फागुन २७ मंगलवार ०७:२७

  काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको...