CG Electronics
IME Life
Ncell NPL

मन्त्रालयले अघि सारेका कार्यक्रमहरुबाट उत्पादन वढेको छ : कृषिमन्त्री अधिकारी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यान्त्रिकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमहरुबाट खाधन्न, तरकारी ,फलफूल लगायतका वालीहरुको उत्पादनमा वृद्दि भएको वताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको वैठकमा सदस्य भुवन बहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिनुहुदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको भन्दा २ लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेटिक टन पुगेको जानकारी दिनुभयो ।

ताजा तरकारी र फलफुलको क्षेत्रफल र उत्पादन तथा उत्पादकत्व समेत बढदै गएको भन्दै मन्त्री अधिकारीले हाल बाह«ै महिना ताजा तरकारीको उपलब्धता तथा स्याउ ,सुन्तला ,केरा ,र आँप जस्ता प्रमुख फलफूलहरुको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढदै गएको छ ,भन्नुभयो।

पछिल्ला समय पशुजन्य उत्पादनमा पनि मुलुक आत्मनिर्भरता तर्फ अघि बढिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले आर्थिक वर्ष २०८०÷ ०८१ को तथ्याङ्क अनुसार दुधको उत्पादन २६ लाख १६ हजार मेट्रिक टन , माछा १ लाख १९ हजार मेटिक टन मासु ४ लाख ३१ हजार मेट्रिक टन र अण्डाको उत्पादन १ अर्ब ६० करोड भन्दा बढि रहेको जानकारी गराउनुभयो ।

मन्त्री अधिकारीले बढदो जनसंख्या र खानेवानीमा देखिएको विविधतासँगै मुलुक भित्रको कृषिउपजको उत्पादनवाट माग परिपूर्ति हुन नसक्दा आयत भएको त्यसमा पनि धान चामल ,गँहु,मकै,आलु,प्याज ,लसुन फलफूलको आयात बढी देखिएको वताउनुभयो। उत्पादन वृद्धिका लागि मन्त्रालय लागिपरेको जानकारी दिदै मन्त्री अधिकारीले यसका लागि बालीले ढाकेको क्षेत्रफल विस्तार , सिँचित क्षेत्रको विस्तार ,रासायनिक मल र उन्नत बीउविजनको सहज उपलब्धता ,उत्पादन लक्ष्ति अनुदानका क्रियाकलाप ,उन्नत जात तथा पशुनश्लको विकास तथा प्रवद्र्धन, बाली विशेष कार्यक्रमहरुलाई प्राथामिकता दिई संचालनमा ल्याइएको जानकारी गराउनुभयो ।

कृषि उपजको उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि विशेष कृषि उत्पादन कार्यक्रम मार्फत समयमै रासायनिक मलको उपलब्धता सुनिश्चितता गर्ने कार्यलाई प्राथामिकतामा राखिएको छ ,स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि ठुलो लगानी आवश्यक पर्ने र हाल सम्म यसका लागि कुनै सरकारले पनि रकम बिनियोजन नगरेको भए पनि सम्भावयता अध्यानका कामहरु भने भएको मन्त्री अधिकारीले वताउनुभयो ।

कृषि उत्पादन र उत्पादकत्व बढाउदै आत्मनिर्भर बन्ने र यसको निर्यात समेत गर्ने लक्ष्यका साथ मन्त्रालयले गुणस्तरीय स्रोत सामाग्रीमा आम कृषकहरुको पहँुच वृद्धि गर्ने , पहाडी क्षेत्रमा बाँझो तथा खेती योग्य जमिनमा फलफूल खेती विस्तार , कृषि उपजको उत्पादन तथा उत्पाकत्व वृद्धिका लागि स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण , कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरी कार्यक्रम संचालन गरिने मन्त्री अधिकारीले वताउनुभयो ।

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ : यादव

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४३

  काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...