Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

ट्रंकलाईन र डेडिकेटेड लाईनमार्फत प्रयोग गरेको विजुलीको विल उद्योगीले तिर्नुपर्छ : उर्जामन्त्री खड्का 

Machhapuchchhre Bank Limited
भैरहवा (रुपन्देही), २३ फागुन । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रंकलाईन र डेडिकेटेड लाईनमार्फत प्रयोग गरेको विजुलीको विल उद्योगीले तिर्नुपर्ने बताउनुभएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको ६६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले प्रयोग गरेको विजुलीको विल सम्बन्धीत उद्योगीलेले तिर्नुपर्ने बताउनुभएको हो ।
“उद्योगीले आफूले कति रकम तिर्नुपर्ने हो त्यसको विल नेपाल विद्युत प्राधिकरणले दिनुपर्छ, तिर्न बाँकी रहेको उद्योगीले विल अनुसारका रकम तिर्नुपर्छ,”– उजामन्त्री खड्काले भन्नुभयो ।
उहाँले प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्ने दायित्व रहेको तर झुठा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार भएको बताउनुभयो । “सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरणहरु पेश गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्विकार्य हुदैन,”– उहाँले भन्नुभयो ।
मन्त्री खड्काले सरकार निजी क्षेत्रसँग मिलेर साथीको रुपमा काम गर्न चाहेको बताउनुभयो । निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने उहाँको भनाई  थियो । उहाँले डेडिकेटेड र ट्रंकलाइनको विवादको समस्यामा रहेका २२ वटा उद्योगबारे चासो राख्दै प्रयोग गरेको विद्युत एकीन गरि उद्योगीहरुले बिल तिर्नुपर्ने बताउनुभयो । डेडिकेटेड लाईन नजिकैबाट गएको आधारमा मात्र बिल तिर्न लगाउनु अत्याचार र अन्याय भएको भन्दै आगामी दिनमा यस्तो अन्याय नहुने उल्लेख गर्नुभयो ।
उर्जामन्त्री खड्काले हिँउदमा अझै पनि माग भएको एक हजार मेगावाट बिजुली खरिद गरिरहेको अवस्था भएको बताउदै अब ठूला आयोजनालाई अगाडी बढाउने, विद्युत सुरक्षालाई ध्यान दिने, आन्तरिक रुपमा खपत बढाएर आम्दानीको स्रोत बढाइने योजना रहेको स्पष्ट पार्नुभयो ।
उहाँले उर्जा विकास मार्गचित्र, २०८१ मा सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार मेगावाट विद्युत छिमेकी मुलुकहरुमा निर्यात गर्ने लक्ष्य लिएकाले सोहीअनुसार सरकारले काम अगाडि बढाइरहेको बताउनुभयो । उहाँले सस्तो लोकप्रियताको लागि भिड जम्मा गरेर आफ्नो र मुलुकलाई वर्वादतर्फ नधकेल्नसमेत आग्रह गर्नुभयो ।
निजी क्षेत्रसँग साझेदारी गरेर अर्थतन्त्र बलियो बनाउने, सुशासन कायम गर्ने र समृद्धि प्राप्त गर्ने सरकारको पहिलो लक्ष्य रहेको र त्यहि लक्ष्यका साथ वर्तमान सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।
दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...