CG Electronics
IME Life
NIMB

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय श्रम तथा रोजगार मेला–२०८१ उदघाटन समारोहमा बोल्दै उनले विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएको बताएका हुन् ।

उनले भने, ‘हामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने छ । विगत १६ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये १४ हजारले आफ्नो ज्यान गुमाएका छन् । विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका छन् ।

उनीहरु लड्न गएका हुन् त ? वैदेशिक रोजगारीमा गएकाहरु ऋणको चपेटामा परेर जति कमाएका छन् त्यो भन्दा बढी साहुको ऋण तिर्नुपर्ने अवस्था रहेको छ । यसलाई व्यवस्थित गर्न जरुरी छ । अहिले डिजिटल ट्रयापको हिसावमा कयौं मान्छे ठगिएका छन् ।

यसलाई हामीले कसरी व्यवस्थापन गर्ने सोच्ने समय आएको छ ।’साथै उनले वैदेशिक रोजगारीको समस्या समाधान गर्न विज्ञहरुसँग छलफल गर्नुपर्ने बताए । उनले आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरिराखेको बताए ।

उनले भने, ‘वैदेशिक रोजगारीको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय बसेर यो सबै परस्थितीबारे कसरी अगाडि बढ्ने भनेर छलफल गरेका छौं । साथै यसमा विज्ञहरुसँग पनि छलफल गर्नुपर्नेछ ।

एकातिर वैदेशिक रोजगारीको अवस्था छ, भने त्यसका साथसाथै आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरेका छौं, त्यसको आधारमा सबै प्रणालीहरुलाई एक ठाउँमा राखेर उद्मशीलतामा जोड दिनुपर्छ ।’

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...