CG Electronics
IME Life
NIMB

थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले पाए श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा भब्य कार्यक्रम आयोजना गरेको छ। बुधवार सम्पन्न उक्त कार्यक्रममा संस्थाका स्नातक विद्यार्थी प्रजेश श्रेष्ठलाई उत्कृष्ट शैक्षिक प्रदर्शनको लागि “श्री शंकरलाल अग्रवाल स्वर्ण पदक २०८१” प्रदान गरिएको छ।

कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहयोगमा आयोजना गरिएको थियो। यस अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ संकायको परीक्षामा थापाथली क्याम्पसका स्नातक विद्यार्थी प्रजेश श्रेष्ठले सर्वोच्च अंक हासिल गरेका थिए। उनलाई स्वर्ण पदक, प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरिएको छ।

कार्यक्रममा इन्जिनियरिङ संस्थान (आईओई) का डीन प्रो. डा. सुशील बहादुर बज्राचार्य, शंकर ग्रुपका निर्देशक तथा मार्केटिङ प्रमुख रवि प्रकाश, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवाली लगायत गरिमामय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रजेश श्रेष्ठले इन्जिनियरिङ क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शनले संस्था र देशको गौरव बढाएकोमा सबैले खुशी व्यक्त गरेका छन्। यो पुरस्कारले उनको मेहनत र लगनशीलतालाई सम्मान गर्दै भविष्यमा अझ सफल हुने आशा व्यक्त गरिएको छ।

 

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...