Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको प्रमुख आतिथ्यमा कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा मुख्यमन्त्री लामाले विद्यालयको शैक्षिक प्रगतिमा प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुतिलाई उच्च मूल्यांकन गरे। उनले शिक्षाको महत्त्वमा जोड दिँदै विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गरे।


यसैगरी कार्यक्रमका सभापति कौटिल्य ग्लोबल स्कूल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्लेले सबै उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको उपलब्धिहरू बारे जानकारी गराए। विशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य सुनिल केसी र सुना परियारले विद्यालयको प्रयासलाई प्रशंसा गर्दै निरन्तर शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेको बताए।

यसैगरी कार्यक्रममा कौटिल्य ग्लोबल स्कूलका प्राचार्य बिडि निरौलाले सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे। उनले मुख्यमन्त्री बाहादुर सिंह लामाको उपस्थितिलाई विद्यालयका लागि ऐतिहासिक क्षणको रूपमा लिँदै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रममा एकीकृत उपभोक्ता समितीका अध्यक्ष उज्ज्वल केसी,पूर्व अरनिको यातायात समितीका अध्यक्ष केदार क्षेत्री र नेपाली काङ्ग्रेसका यूवा नेता अर्जुन पराजुली लगाएतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, नृत्य, गीत, कविता वाचन, नाटक तथा अन्य सृजनात्मक गतिविधिहरू आयोजना गरेका थिए। यसले विद्यार्थीहरूलाइ प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको थियो। विद्यालयले कार्यक्रममा बिज्ञान प्रदर्शनी ,पुस्तक प्रदर्शनी र फुड स्टलको पनि आयोजना गरेको थियो।

कार्यक्रममा उल्लेख्य मात्रामा बिद्यार्थी भाइबहिनी र अभिभावकको सहभागी रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका डाइरेक्टर टि. एन. भट्ट विश्वामित्रले गरेका थिए।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...