CG Electronics
IME Life
NIMB

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

NIMB
Himalayan Bank

 

काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ। मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कार छनोट समितिको बैठकले सुन्दासलाई एक लाख १० हजार रुपैयाँ राशिसहितको यो सम्मान दिने निर्णय गरेको हो । भोजपुरमा २००२ साल असार ३२ गते जन्मिएका सुन्दास तीन दशकभन्दा बढी समयदेखि सामाजिक न्यायको क्षेत्रमा सक्रिय छन्। २०७४ देखि २०७८ सम्म बहराइनका लागि नेपाली राजदूतका रूपमा काम गरेका उनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि पनि विभिन्न भूमिकामा योगदान पुर्‍याएका छन्।

सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दास २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिमा सदस्य थिए। उनले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए भने २०७२ सालमा दलितमैत्री संविधान निर्माणका लागि तीन महिनासम्म शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकका रूपमा भूमिका निर्वाह गरेका थिए। नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्षका रूपमा २० वर्ष काम गरेका उनले एशिया दलित अधिकार मञ्चको संस्थापक सदस्यको रूपमा समेत योगदान दिएका छन्।

पुरस्कार प्राप्त गर्न लाग्दा आफूलाई हौसला मिलेको बताउँदै सुन्दासले समाज परिवर्तनका लागि आफू निरन्तर काम गरिरहने बताए। उनले भने, “जीवनमा सक्षम भएर काम गर्न थालेपछि बुद्धको सिद्धान्तलाई अनुसरण गरेको छु। मैले कमाएको केही पैसा समाजको सहयोगका लागि खर्च गर्ने प्रण गरेको थिएँ। नामका लागि होइन, समाजको परिवर्तनका लागि काम गरेको हुँ। सम्मान पाउँदा खुसी लागेको छ, तर सम्मानका लागि मात्र मैले काम गरेको होइन।”

उनले भोजपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने ‘भोजपुरको चिनारी’ नामक पुस्तक लेखेका छन् भने ‘चोरिएको रात’ नामक कथा संग्रह पनि प्रकाशित गरिसकेका छन्। यसअघि २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ द्वारा सम्मानित भएका थिए।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...