CG Electronics
IME Life
NIMB

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका साथ दिगो प्रतिबद्धता बलियो बनाउदै बीवाईडी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ । यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविक रुपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि जिम्मेवार रुपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ । बीवाईडी त्यही महत्वपूर्ण कार्यमा अग्रसर भएको छ ।

सो पहलको एक भागको रुपमा बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आइटी एसेट पार्टनर्स इंक (IT Assers Partners Inc.) र चीनको वुहुमा अवस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी (Anhui Lecheng Lithum Ion Technology) कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । सन् २०२४ मे २८ मा औपचारिक रुपमा घोषणा गरिएको सो सहकार्यले बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रुपमा रिसाइक्लिङ गर्ने कार्यलाई सुनिश्चित गर्नेछ ।

ब्याट्री रिसाइक्लिङमा बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच

दुवै सेवा प्रदायक कम्पनीहरु आरटु सर्टिफाइड अर्थात रेस्पोन्सिबल रिसाइक्लर सर्टिफाइड (R2 (Responsible Recycler) Certified) हुन्, जसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पुरा गर्छन् । रिसाइक्लिङ प्रक्रिया अन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ । प्रयोग भइसकेको ब्याट्रीको पुनः प्रयोगको सम्भावनाको मूल्यांकन कार्य क्यापासिटी टेस्टिङमा गरिन्छ ।

प्रयोगमा नआउने ब्याट्रीलाई सावधानीपूर्वक नष्ट गर्ने कार्य अर्थात सेफ डिस्म्यान्टलिङ (safe dismantaling) त्यसपछि गरिन्छ । त्यसपछि लिथियम, निकेल र कोबाल्ट जस्ता महत्वपूर्ण कच्चा पदार्थ निकाल्ने कार्य मेटरियल रिकभरी अन्तर्गत पर्छ भने अन्त्यमा यसरी रिसाइकल गरिएका सामग्रीहरु अनुमति प्राप्त कम्पनीहरुलाई उपलब्ध गराउने कार्य गरिन्छ ।
ब्याट्री उत्पादन देखि रिसाइक्लिङ सम्मको सम्पूर्ण प्रक्रियामार्फत बीवाईडीले इलेक्ट्रोनिक प्रदूषण घटाउने, प्राकृतिक सम्पदा संरक्षण गर्ने र कार्बन फुटप्रिन्टलाई न्यून गर्ने कार्यमा महत्वपूर्ण कदम चालेको छ ।

हरित भविष्यको नेतृत्व लिदै

सो पहल वारेमा बोल्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भन्नुभयो, ‘ग्लोबल रिसाइक्लिङ डे मनाइरहदा हामीले इलेक्ट्रिक सवारी साधन उत्पादन गर्नु मात्र होइन, वास्तविक रुपमा सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपना हो भन्ने कुराको पहिचान ग-यौ । जिम्मेवार ब्याट्री रिसाइक्लिङप्रतिको हाम्रो प्रतिबद्धताले उत्पादन देखि नष्ट गर्ने कार्य सम्मको सम्पूर्ण ईभी टेक्नोलोजी वातावरणमैत्री हुने तथ्य सुनिश्चित गरेको छ ।’

नेपालमा प्रभाव

विश्वका धेरै ईभी प्रयोगकर्ता देशको रुपमा नेपाल समेत परिचित भइरहेको समयमा जिम्मेवार ब्याट्री डिस्पोजल र रिसाइक्लिङ प्रमुख प्राथमिकता हुनुपर्ने आवश्यकता छ । इलेक्ट्रिक मोबिलिटीतिर देश रुपान्तरण भइरहेको र यसको वातावरणीय प्रभाव न्यून भएको अवस्थामा नेपालको दिगो लक्ष्यसँग बीवाईडीको पहलले एकरुपता लिएको छ ।
दिगो यातायात, नवीकरणीय उर्जा एकीकरण र जिम्मेवार ब्याट्री व्यवस्थापन जस्ता कार्यको प्रवर्धन गर्दै नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकमार्फत बीवाईडीले हरित भविष्यका लागि सक्रिय रुपमा कार्य गरिरहेको छ ।

ग्लोबल रिसाइक्लिङ डेको यो अवसरमा बीवाईडीले अर्को महत्वपूर्ण कदम चालेको छ, जसले दिगोपना भनेको, एक भिजन मात्र नभई: ईभी इकोसिस्टमको प्रत्येक भागलाई ड्राइभ गर्ने एक प्रतिबद्धता समेत हो, भन्ने तथ्यलाई सुनिश्चित गरेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...