CG Electronics
IME Life
NIMB

नीतिगत सुधार गरेर साना जलविद्युत आयोजनाका समस्या समाधान गरिन्छ : उर्जामन्त्री खड्का

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ। ७ चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत आयोजनाका समस्या समाधान गरिने बताउनुभएको छ ।

ग्रीन इनर्जी आन्टरप्रेनर नेपालले आज यहाँ आयोजना गरेको ‘साना जलविद्युत आयोजनाहरुको दिगो सञ्चालन सम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा उहाँले साना जलविद्युत आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताउनुभएको हो ।

 

“साना जलविद्युत आयोजनाका समस्या एकैठाउँमा राखेर छलफल गरौँ, के–के संशोधन गर्नुपर्ने छ, समस्या समाधान गर्न मन्त्रालय तयार छ,”–उहाँले भन्नुभयो । उर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

 

उर्जामन्त्री खड्काले साना जलविद्युत आयोजना सँगसँगै मुलुकको समग्र उर्जा क्षेत्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्नुभयो । संस्थागत रुपमा रहेका तहगत वेतिथीको पनि समाधान खोज्दै जानुपर्ने उहाँको भनाई थियो ।

 

मन्त्री खड्काले मन्त्रीपरिषद्बाट स्वीकृत भएको उर्जा विकास मार्गचित्रले निजी क्षेत्रको समस्याको समाधान खोजेको उल्लेख गर्नुभयो । व्यवसायीलाई परेको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ । मन्त्री खड्काले विद्युत प्राधिकरणले गरेको गल्तीका दोष निजी क्षेत्रमाथि थोपर्न नहुने समेत बताउनुभयो ।

 

कार्यक्रममा ग्रीन इनर्जी आन्टरप्रेनर नेपालका अध्यक्ष ईन्जिनीयर सूर्यप्रसाद अधिकारीले साना जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता (पिपिए) दर समायोजन गर्न माग गर्नुभयो । उहाँले टेक अर पे (लिउ वा तिर) प्रावधान कार्यान्वय गर्नुपर्ने, विद्युत उत्पादनको बैकल्पिक व्यवस्थालाई खारेज गर्नुपर्ने बताउनुभयो ।

 

अध्यक्ष अधिकारीले पाँच मेगावाटभन्दा साना जलविद्युत आयोजनालाई उत्पादन अवधि तोक्न नहुने तथा पाँच देखि १० मेगावाटसम्मका आयोजनाको उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष कायम हुनुपर्ने, जलविद्युत आयोजनाको मर्मत सम्भारका लागि आवश्यक पर्ने पाटपूर्जामा पुरानो नीतिअनुसार एक प्रतिशत भन्सार दर कायम गर्नसमेत माग गर्नुभएको थियो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...