CG Electronics
IME Life
NIMB

लक्ष्मी स्टील्स लिमिटेडमा एनआर्ईबिएल इक्विटी पार्टनर्सको लगानी

NIMB
Himalayan Bank

 

काठमाडौँ । एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआर्ईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा चैत १२, २०८१ का दिन एनआइएमबि एस क्यापिटलका अध्यक्ष श्री सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक श्री बिमल कुमार सावरथिया बीचमा हस्ताक्षर भएको हो । यस साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिनको लागि थप मद्दत गर्नेछ ।

नेपालको स्टील उद्योगको स्तम्भ
सन् २००८ मा सौरभ ग्रुप अन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड, टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा रहेको छ । नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टील उत्पादनगर्न प्रतिबद्ध रहिआएको छ । यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पु¥याउन सफल हुने कम्पनीको विश्वास रहेको छ ।

उत्कृष्टता हासिल गर्दै
एनआर्ईबिएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पु¥याउनेछ । लक्ष्मी स्टील्सले नेपालको स्टील उद्योगमा आफ्नो बिस्तारलाई अझै मजबुत बनाउन र देशको आर्थिक प्रगतीकमा समेत योगदान पु¥याउने लक्ष्य राखेको छ ।

एनआइएमबी एस क्यापिटलका अध्यक्ष श्री सचिन टिवडेवालले आफ्नो विचार राख्दै भन्नुभयोे, “लक्ष्मी स्टील्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । एनआर्ईबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पु¥याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न सहयोग पु¥याउने सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको छ । यस लगानीको साथ हामी लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पु¥याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौं ।”

लक्ष्मी स्टील्स लिमिटेडका निर्देशक श्री बिमल कुमार सावरथिया ले पनि यस सम्झौताबारे बोल्दै भन्नुभयोे, “एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी हाम्रो लागि एक सुनौलो अवसर हो । उहाँहरुको विशेषज्ञता र पूँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्दत गर्नेछ । यसका साथसाथै हामी स्टील उद्योगको लागि एक बलियो भविष्य निर्माण गर्दैछौँ ।”

एनआर्ईबिएल इक्विटी पार्टनर्स र लक्ष्मी स्टील्स लिमिटेड बीचको यो साझेदारीे नेपालको औद्योगिक क्षेत्रका विकासकोे लागि एक महत्वपूर्ण कदम हो । वित्तीय विशेषज्ञता र उत्पादन क्षमताको संयोजन गर्दै यो साझेदारीले सरोकारवालाहरूलाई दीर्घकालिन फाइदा पु¥याउन र देशको पूर्वाधार लक्ष्यहरूलाई अगाडि बढाउने उद्देश्य राखेको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...