Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

“पाँचौं एकदिवसीय कर्पोरेट फूटसल प्रतियोगिता २०८१” सम्पन्न

Machhapuchchhre Bank Limited

काठमाडौं, चैत्र ९ – नेपाली निर्जीवन बीमा क्षेत्रमा २९ वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गर्दै आएको “पाँचौं एकदिवसीय कर्पोरेट फूटसल प्रतियोगिता २०८१” सफलतापूर्वक सम्पन्न गरेको छ।

शनिवारका दिन काठमाडौंको धन्वन्तरी फूटसल, हाँडीगाउँमा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न बैंक तथा संस्थागत टिमहरू सहित १६ टिमले प्रतिस्पर्धा गरेका थिए। तीव्र प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक खेलमा ग्लोबल आइएमई बैंकको टिम प्रथम स्थान हासिल गर्न सफल भयो भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको टिम दोस्रो स्थानमा रह्यो।

कार्यक्रमको उद्घाटन नेको इन्सुरेन्सका अध्यक्ष श्री रमेश कुमार निरौला तथा प्रमुख अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुह्वाले संयुक्त रूपमा गरेका थिए। प्रतियोगिता समापनका अवसरमा नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार खड्काले विजयी टिम तथा खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेका थिए।

नेपाली समाजमा अझै बीमाबारे व्यापक जनचेतना नहुँदा नेको इन्सुरेन्सले बीमा सचेतना अभिवृद्धिका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको जनाएको छ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई धन्यवाद दिँदै आयोजकले आगामी वर्षहरूमा अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

 

 

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...