CG Electronics
IME Life
NIMB

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आइतबार भक्तपुरको होटल भ्यू, जगातीमा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिका अध्यक्ष पद्मासना शाक्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र प्रगति तथा भावी योजनाबारे प्रकाश पारिन्। उनले शेयरधनीहरूलाई आश्वस्त पार्दै अर्को वर्षबाट लाभांश वितरण गर्न सक्ने अवस्थामा संस्थालाई पुर्‍याउन प्रतिबद्ध रहेको बताइन्।

छ वर्ष पूरा गरिसकेको मानुषी लघुवित्तले हाल १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ। हालसम्म १० अर्ब ९३ करोड ७५ लाख रुपैयाँ शेयर पूँजी रहेको संस्थाको जगेडा कोषमा ४ करोड २३ लाख ३४ हजार ७३२ रुपैयाँ रहेको छ।

संस्थाको प्रति शेयर आम्दानी (EPS) -७.२२ रहेको छ, जुन अघिल्लो वर्षको -३८.२५ भन्दा उल्लेखनीय सुधार हो। समीक्षाधीन अवधिमा ३३,७१८ सदस्यहरूबाट ९८ करोड ७८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरिएको संस्थाले जनाएको छ।

संस्थाले आगामी वर्ष अझ राम्रो वित्तीय स्थायित्व कायम गर्दै शेयरधनीहरूलाई लाभांश वितरण गर्ने लक्ष्य राखेको छ।

 

 

 

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...