Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

Machhapuchchhre Bank Limited

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष अफरको घोषणा गरिएको छ। यती एअरलाइन्सले क्रोकोडाईल लगेजसँगको सहकार्यमा यात्रुहरूलाई ५० प्रतिशतसम्मको आकर्षक छुट तथा विभिन्न उपहार योजना प्रदान गर्ने भएको छ।

फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्सबाट यात्रा गर्ने यात्रुहरूले क्रोकोडाईल लगेज खरिदमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यात्रुहरूले आफ्नो बोर्डिङ पास क्रोकोडाईल लगेजका आधिकारिक आउटलेटमा पेश गरी यो अफरको लाभ उठाउन सक्नेछन्। अनलाइन खरिद गर्ने ग्राहकहरूले क्रोकोडाईल लगेज नेपालको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेजमार्फत अर्डर गर्न सक्नेछन्, जहाँ डेलिभरीको समयमा बोर्डिङ पास देखाएर छुट प्राप्त गर्न सकिन्छ। यो अफर सन् २०२५ को डिसेम्बर ३१ सम्म मान्य हुनेछ।

क्रोकोडाईल लगेजका आधिकारिक विक्रेता नेपालभर रहेका छन् भने यसको फ्ल्यागशिप स्टोर काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा अवस्थित छन्। सन् १९४७ मा स्थापना भएको क्रोकोडाईल लगेज तथा ब्यागप्याक ब्रान्ड सन् १९९८ देखि नेपाली बजारमा निरन्तर उपलब्ध हुँदै आएको छ।

क्रोकोडाईल लगेजका निर्देशक वासु सर्राफका अनुसार, “गुणस्तरीय उत्पादन तथा उपभोक्ता सन्तुष्टिका लागि हामी सधैं समर्पित छौं। उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादन सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यती एअरलाइन्सका यात्रुहरूका लागि विशेष छुटको व्यवस्था गरिएको हो।”

यती एअरलाइन्स र क्रोकोडाईल लगेजको सहकार्यमा हरेक हप्ता लक्की ड्र आयोजना गरिनेछ, जसमा भाग्यशाली यात्रुहरूले क्रोकोडाईल ब्यागप्याक जित्ने अवसर पाउनेछन्। साथै, प्रत्येक पन्ध्र दिनमा एक जना यात्रुलाई क्रोकोडाईल क्याबिन लगेज उपहारस्वरूप प्रदान गरिनेछ। यती एअरलाइन्सले लक्की ड्रमार्फत विजेता घोषणा गर्नेछ।

यस सहकार्यले यती एअरलाइन्सका यात्रुहरूलाई थप लाभ प्रदान गर्नुका साथै उनीहरूलाई उत्कृष्ट सेवाको अनुभव दिलाउने लक्ष्य राखिएको छ।

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५...

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४३

  काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी...

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:११

  काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो...

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९ बैंकको एनपिएल ५ प्रतिशत माथि

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९...

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:०२

  काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या जटिल बन्दै...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:५२

  काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन...

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:४५

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख...

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको सद्भावनादूत

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:३९

    काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल...