CG Electronics
IME Life
NIMB

शेयर बजारमा रौनक : के यो दिगो वृद्धिको सुरुवात हो ?

NIMB
Himalayan Bank

काठमाडौं ।  २६–२७ सयको अंकमा रुमलिएर करिव स्थीरजस्तै देखिएको शेयर बजार गत सातादेखि लगातार बढीरहेको छ । गत साताभर ७१ अंकले बढेको शेयर बजार यस साताको पहिलो कारोबार दिन आइतबारनै ७५.२४ अंकको फराकिलो बृद्धिदर बजारले हासिल गरेको छ । हिजो आइतबार करिव एक दर्जन कम्पनीको शेयर मुल्यमा त सकारात्मक सर्किट बे्रक नै लागेको हो ।

यसरी एक सातायता लगातार बढेको सेयर बजार परिसुचक यसबीच १४७ अकं बढेर २८९०.२८ बिन्दुमा पुगेको छ । कोरोबार रकम पनि बढीरहेको देखिन्छ । सेयर बजार लगातार बढीरहँदा के बजारमा बृद्धिको रौनक सुरु भएको हो ? बजार ‘बुल टेन्ड’मा प्रवेश गरेको हो ? बजारले २८०० अंकको मनोवैज्ञानिक बिन्दु पार गरेकाले अब नयाँ उचाए समात्न लागेको हो ? भन्ने जस्ता जिज्ञाशा व अपेक्षा लगानीकर्ताहरुले गर्न थालेका छन् ।

वास्तम्बमा शेयर बजार आशा, अपेक्षा र विश्वासको जगमा बृद्धि हुने हो । अहिले करिव २९०० अंक छुन लागेको सेयर बजार दुइ कारणले बढेको देखिन्छ । पहिलो त मौद्रिक नीतिको पछिल्लो समिक्षाले बजारको माग केही सम्बोधन हुनु र दोश्रो, अहिलेका गर्भनरको पदावधि सकिनै लाग्नुलाई पनि लिइएको छ ।

गत मंगलवार चालु आर्थिक बर्षको मौद्रिक नीतिको दाश्रो समिक्षा गर्दै राष्ट्र बैंकले अधिकाशं पुर्ववत नीतिहरुलाई कायमै गरेको थियो । तरपनि राष्ट्र बैंकले दोश्रो समिक्षामा बैंक तथा लघुवित्तिहरुलाई भने केही सम्बोधन गरेको हो । जसको अप्रत्यक्ष फाइदा शेयर बजारलाई परेको देखिन्छ । फलस्वरुप बंैक तथा वित्तिय क्षेत्रका संस्थाहरुको नै बढीजसो शेयर उचालिएको देखिन्छ ।

राष्ट्र बंैकले समिक्षा मार्फत लघुवित्त कम्पनीहरुमा बेस रेट र बैंकहरुका असल कर्जामा प्रोभिजन दर घटाएको छ । जसले बैंक तथा वित्तिय संस्थाहरुको नाफा बढाउन सहयोग पुग्ने भएकोले पनि बजार बढेको देखिन्छ । मौद्रिक नीतिले असल कर्जामा १.१ प्रतिशतमा रहेको प्रोभिजन दर १ प्रतिशतमा झारेको हो । त्यसैको असर बजारमा देखिएको हो । अर्को विगतमा शेयर बजार प्रति कठोर देखिएका गर्भनर महाप्रसाद अधिकारीको यही चैत्र २५ गतेबाट ५ बर्षे कायकाल सकिँदैछ ।

फलस्वरुप पनि शेयर बजारका लगानीकर्ताहरु केही रमाएका जस्ता देखिन्छन् । किनकी शेयर बजारका लगानीकर्ताहरुले उनको कार्यकालबीच धेरै पटक शेयर बजारमा लगाइका विभिन्न ‘क्याप’हरु हटाउन माग गर्दै आन्दोलन समेत गरेका थिए । तरपनि गर्भनर अधिकारी बजारको माग सम्बोधन गर्नेगरि प्रस्तुत भएका थिएनन् । बरु कार्यकाल सकिँनै लाग्दा यसैपटकको मौद्रिक नीतिको दोश्रो समिक्षामा घुमाउरो पाराले बजारप्रति उनी लचक देखिएको धेरैको बुझाइ छन् । तर प्रत्यक्ष रुपमा अहिले पनि शेयर बजारलाई प्रभावित तुल्याउने विभिन्न हिसावका ‘क्याप’हरु कायमै छन् । जस्तो कि ब्यक्तिगत कर्जामा १५ करोड मात्रै लिन पाउने प्रावधान कायमै छ । लघुबित्तका १५ प्रतिशतमात्र नाफा बाढ्न पाउने प्रावधान कायमै छ, लगायत विभिन्न खालका शेयर बजार प्रभावित समिमाहरु अझै छन् । जसले बजारमा साना तथा ठुला लगानीकर्ताहरुलाई खुलस्त बनाउन सकेको छैन ।

नयाँ आउने गर्भरनरले त्यसको सम्बोधन गर्न सक्ने, त्यस्ता ‘क्याप’हरु हटाएर बजारमैत्री नीति आउने लगानीकर्ताको आशा छ । त्यही आशाको त्यान्दोले पनि अहिले शेयर बजार बढ्न थालेको हो । अवश्य पनि शेयर बजारलाई बन्धन जस्तो बनाइएका ‘क्याप’ वा सिमाहरु हटाइने हो भने यस क्षेत्रका ६० लगानीकर्ताहरुको मनोबल केही बढ्ने नै थियो । तर मुल रुपमा शेयर बजारमा लगाइएका विभिन्न थरी ‘क्याप’कै कारण बजार थच्किएर नयाँ उचाइको ‘रेकर्ड ब्रेक’ गर्न नसकेको भने हुदै होइन् । वास्तविक रुपमा अर्थतन्त्र नै खराबीउन्मुख भएको, राजनीति नसुध्रिएको र घरजग्गा तथा सहकारी क्षेत्रमा देखिएको समस्याले प्रभाव पारेको हो । जसको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । मुलुक नै अहिले अशुद्ध आम्दानी र कारोबारका कारण ‘ग्रे लिष्ट’ मा परिसकेको छ ।

अपराधबाट आय आर्जन र त्यसको ब्यवस्थापनमाथी विश्वव्यापी रुपमा निगरानी गर्ने फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई गत साता ‘गे्र लिष्ट’मा (वित्तिय रुपमा जोखिमपुर्ण मुलुक) सुचीमा राखिसकेको छ । आगामी २ बर्षका लागि नेपाललाई ‘गे्र लिष्ट’मा राखेको एफएटीएफले सो अवधिबीच पनि सुधार नभए ‘डार्क गे्र लिष्ट’मा उकाल्न सक्छ । कालोसुचीमै राख्न पनि सक्छ ।

त्यसकारण अर्थतन्त्रमा अझै कालो बादल कायम छ । यद्यपी त्यसरी वित्तिय शुद्धताका लागि नेपालले विगतमै कानुनहरु बनाइसकेको हो । बरु त्यसको कार्यान्वयनको माध्यमबाट नेपाललाई ‘गे लिष्ट’बाट बाहिर ल्याउने भरमग्दुर प्रयत्न सरकारले गर्नुपर्छ । अर्थमन्त्री विष्णु पौडेलले त ६ महिनामै त्यो खालको लिष्टबाट नेपाललाई हटाउने दाबा गरिसकेका छन् ।

अन्यथा अर्थतन्त्रमा त्यसको असर बहुआयामिक हुनसक्छ । फलस्वरुप शेयर बजारमा त्यसको असर पर्ने नै भयो । जस्तो कि मुलुक वित्तिय रुपमा ‘गे्र लिष्ट’मा पर्दा हाम्रो आर्थिक बृद्धिदर खुम्चीने छ । वैदेशिक लगानी र आयात निर्यात ब्यापारमा सबैभन्दा बढी प्रभाव पर्नेछ । आयात निर्यात ब्यापारका लागि एलसी (प्रतितपत्र) प्रभावित हुने कारण सामानहरुमा महंगी बढ्नेछ । महंगी प्रगतीशील अर्थतन्त्रको लागि बाधक तत्व हो ।

जसलाई अर्थतन्त्रको ‘लुतो’ बराबर लिइन्छ । त्यसबाहेक अन्र्तराष्ट्रिय जगतमा ‘ग्रे लिष्ट’का कारण नेपालको प्रतिष्ठा गिर्छ । सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकहरुको सुचिबाट विकाशशिल मुलुकको दर्जामा उक्लदै गरेको नेपालको त्यो यात्रामा बे्रक लाग्न पनि सक्छ । त्यसकारण ‘ग्रे लिष्ट’बाट जतिसक्दो छिटो नेपाललाई उत्रानै पर्छ । नेपाल भनेको लगानी, ब्यापार र सम्भावनाका दृष्टिले उत्कृष्ठ मुलुक भएको कुराको सन्देश हामीले विश्वसमुदायलाई दिनुपर्छ । त्यसका लागि सरकारले आवश्यक कानुन बनाएर भष्टाचार, अपराधबाट सञ्चित सम्पतिको छानबीन र त्यसलाई पारदर्शी बनाउने गरी लाग्र्नुपर्छ ।

त्यस आलवा बैंकहरुको स्थीति पछिल्लो समय सुध्रदै गएको छ । उनीहरुका कर्जा लगानी पनि बढ्न थालेका छन् । अर्थतन्त्रको बाह्य पक्षको अवस्था राम्रो नै छ । रेमिट्यान्स, बैदेशिक मुद्राको सञ्चीति, शोधानान्तर बचत लगायत सुचकहरु निरन्तर सकारात्मक छन् । सरकारले आफनो पुँजीगत खर्च बढाएर आन्तरिक अर्थतन्त्रलाई टेवा दिँदै जाने र निर्माणाधिन ठुला आयोजनाहरुलाई रफतारमा अघि बढाउने हो भने देशको सम्बृद्धि टाढा पनि छैन् ।

तर सरकार भने अर्थतन्त्रको समस्या हल गर्न सही ढंगले अघि बढ्नुपर्छ । केही हदसम्म सरकारले आर्थिक सुधारसँग सम्बन्धित ४ वटा विद्ययक कानुन बनाउन संसदमा अघि बढाएको छ । भलै त्यसले निकास पाउन सकेको छैन । सरकारले अर्थतन्त्रका समस्या सामाधान गर्ने कानुन बनाउने र आवश्यक पहल लिने हो भने आर्थिक सुधार हुनसक्छ । आर्थिक सुधार र अर्थतन्त्रको गतिशिलता हुँदा शेयर बजारमा साँच्चिकै दिगो रुपमा रौनक छाउने छ । लगानीकर्ताहरुमा विश्वास बढ्नेछ् ।
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...