Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

जापानिज ब्रान्ड ब्रदरको नयाँ प्रिन्टर नेपाली बजारमा, सागर ग्रुपले गरेको आधिकारिक लन्च

kumari  bank

 

काठमाडौं । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रदरको डीसीपी–टी८३०डीडब्लू मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो ।

नेपाली बजारमा सार्वजनिक भएसँगै उक्त प्रिन्टर बिक्री वितरण सुरु भएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले बताइन् । उत्कृष्ट कार्यक्षमता भएको यो प्रिन्टरले प्रयोगकर्तालाई कार्य सम्पादनमा निकै सहज बनाउने बताइएको छ ।

विश्व बजारमा प्रयोगकर्ताबीच निकै लोकप्रिय डीसीपी–टी८३०डीडब्लू प्रिन्टर नेपाली बजारमा पनि उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ । ‘हामीले लामो समयदेखि ब्रदरका प्रिन्टर बिक्री गरिरहेका छौं, गुणस्तर र प्रयोगका हिसाबले ब्रदरका प्रिन्टरबाट उपभोक्ता सन्तुष्ट हुन्छ, नयाँ प्रिन्टरले प्रिन्टिङ फरक अनुभव दिनेछ,’ उनले भने ।

प्रिन्टरमा ८० सिट्स भएको मल्टि-पर्पाेज ट्रे दिनुका साथै युजर फ्रेन्डली एलसीडी प्यानल पनि दिइएको छ । साथै, डुप्लेक्स फन्क्सन भएको यस प्रिन्टरमा वायरलेस एन्ड मोबाइल प्रिन्टको सुविधा पनि उपलब्ध छ ।

प्रिन्टरको रेजोलुसन उच्च भएकाले स्पष्ट र सफा प्रिन्ट यसले सुनिश्चित गर्ने बताइएको छ । यो प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । प्रिन्टरमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् ।

पारदर्शिता र व्यावसायिक क्षमता भएको यस प्रिन्टरमा कागज र आकारको पनि विकल्प दिइएको छ । सागर ग्रुपले यी प्रिन्टरमा कुनै समस्या आएको खण्डमा तत्काल मर्मत सेवा उपलब्ध भएका कारण खरिद गरेर पछुताउनु पर्ने वातावरण नबन्ने उपाध्यक्ष मानन्धरले बताइन् ।

औसत मूल्यमा उपलब्ध यो प्रिन्टरले कार्यभार क्षमता उपयुक्त राख्ने बताइएको छ । नयाँ डिजाइनका साथ आएका डीसीपी–टी८३०डीडब्लू प्रिन्टरले उपयोगकर्ताको अनुभवलाई सहज बनाउने बताइएको छ ।

सो प्रिन्टर डिलर साथै बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ । यस्तै, ब्रदरको डीसीपी–टी८३०डीडब्लू, डीसीपी–टी५३०डीडब्लू, डीसीपी–टी७३०डीडब्लू, एमएफसी–टी९३०डीडब्लू र डीसीपी–टी४३०डब्लू मोडलको प्रिन्टर पनि बजारमा उपलब्ध रहेको सागर ग्रुपले बताएको छ ।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...