CG Electronics
IME Life
NIMB

लाईफटाइम एचिभमेन्ट अवार्ड विरहीलाई, खोज पत्रकारिता अवार्ड थापालाई

NIMB
Himalayan Bank

 

काठमाडौं । दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकार, सञ्चारकर्मी र समाजसेवीहरूलाई सम्मान गरिएको छ ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, आयोजक न्यूज एक्सप्रेस मिडिया प्रा. लि. का अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा अवार्ड सिफारिस समितिका संयोजक जीवन भण्डारीले अवार्ड वितरण गरे ।

बुधबार राष्ट्रिय नाचघरमा आयोजित अवार्ड वितरण समारोहमा यस वर्षको डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको हो ।

यसैगरी, ‘राष्ट्रिय डिजिटल मिडिया खोज पत्रकारिता अवाड–२०८१’ बाट अन्नपूर्णकर्मी ममता थापा सम्मानीत भएकि छन् । पत्रकारितामार्फत् जनतालाई सूचित गर्न विकृति विसंगति विरूद्ध खबरदारी गर्ने र निरन्तर पत्रकारितामा खटेको भन्दै उत्प्रेरणा स्वरूप पत्रकार थापालाई सम्मान प्रदान गरिएको सिफारीस समितीका संयोजक तथा अनलाईन टिभी पत्रकार संघका अध्यक्ष जिवन भण्डारीले बताए ।

यस्तै, कार्यक्रममा डिजिटल मिडिया एडिटर अवार्ड प्राइम टाइम टिभीका प्रधान सम्पादक मुकुन्द दाहाल, वरिष्ठ पत्रकार डिजिटल मिडिया अवार्डबाट ठाकुर बेल्वासे, पपुलर डिजिटल मिडिया पर्सन अवार्डबाट इमेज टिभीका जगदिश खरेल, पपुलर डिजिटल मिडिया अवार्डबाट नेपाल टाइम्स अनलाइन टिभी, जनआवाज डिजिटल मिडिया अवार्डबाट न्यूज २४ का टेकनारायण भट्टराई, खोज पत्रकारिता अवार्डबाट अन्नपूर्ण पोस्ट दैनिककी ममता थापा, डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्डबाट आजको प्रेस अनलाइन टिभीका रोहित भण्डारी, डिजिटल मिडिया प्रस्तोता अवार्डबाट कान्तिपुर टिभीकी रुपा खड्कालाई सम्मान गरिएको थियो।

 

त्यसैगरी डिजिटल मिडिया क्रियाशील पत्रकारिता अवार्डबाट हेडलाइन नेपाल अनलाइन टिभीका संजीव रेग्मी, उद्यमशीलता प्रवद्र्धन पत्रकारिता अवार्डबाट सेतोपाटी अनलाइनकी सविना कार्की, डिजिटल मिडिया इथिकल अवार्डबाट सेरोफेरो अनलाइन टिभीका केशवराज जोशी, डिजिटल मिडिया कला पत्रकारिता अवार्डबाट गोपीकृष्ण चापागाईं, डिजिटल मिडिया युवा पत्रकारिता अवार्डबाट शिलापत्र अनलाइनका नवराज कुँवर, डिजिटल मिडिया कल्याणकारी पत्रकारिता अवार्डबाट मेचीकाली अनलाइन टिभीका भोजराज थापा, डिजिटल मिडिया क्यामेरापर्सन अवार्डबाट अनलाइन टिभी नेपालका नवराज गिरी, डिजिटल मिडिया युवा प्रोत्साहन अवार्डबाट केपी अनमोल र डिजिटल मिडिया प्रवास क्रियाशीलता पत्रकारिता अवार्डबाट लक्ष्मण पाठकलई सम्मान गरिएको थियो।

कार्यक्रममा डिजिटल मिडिया एजुकेटर अवार्ड सेफर्ड मिडिया टेक्नोलोजी कलेजकी प्रमुख कविता शर्मालाई र उत्कृष्ट सञ्चार उद्यमी महिला अवार्ड प्राइम टाइम टिभीकी निर्देशक एलिजा गौतमलाई प्रदान गरिएको थियो भने हेमन्ता सुवेदी ढुंगेल, उमेश बोहरा, रुद्र ढुंगेल, विजय सापकोटा, देवकुमार पाख्रिन र रमेश खड्कालाई सामाजिक सेवा मार्फत अमूल्य योगदान गरेको भन्दै कदरपत्र प्रदान गरिएको थियो ।

सबैलाई अवार्ड वितरण गरेपछि कार्यक्रमकी प्रमुख अतिथि तथा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले धेरै योगदान गरेका, असल र सफल व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए थियो । ,“मैले बाल्यकालदेखि नै आदर्श पत्रकारका रूपमा चिनेको र धेरै ठाउँमा उदाहरण दिँदै स्मरण गर्ने वरिष्ठ पत्रकार हरिहर विरहीलाई लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न पाउँदा ठूलो आत्मसन्तुष्टि प्राप्त भएको छ।” उनले भनिन् ।


उनले महत्वपूर्ण व्यक्तिहरूलाई कदर गर्ने र काम गरिरहेका व्यक्तिहरूलाई थप पहिचान दिँदै प्रोत्साहन गर्ने न्यूज एक्सप्रेस मिडिया प्रा. लि. को पनि प्रशंसा गरे । कार्यक्रम आयोजना गर्न सगरमाथा नेपाल, डालिमा मिडिया र जनवोली टाइम्सले मुख्य प्रवद्र्धकको रूपमा योगदान गरेका थिए ।

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...