Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कुमारी बैंकले २४औं वार्षिकोत्सव मनायो, ग्राहकलाई आभार र सांस्कृतिक पहिचानलाई प्रोत्साहन

Machhapuchchhre Bank Limited

 

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूको आयोजनाबीच धूमधामले मनाएको छ। यस अवसरमा बैंकले आफ्ना ग्राहक, शुभचिन्तक तथा सम्पूर्ण सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्मचारीहरूलाई आफ्नो सांस्कृतिक परम्परा अनुसार “परम्परागत भेषभूषा” लगाउन प्रेरित गरेको छ। यसबाट संस्थागत एकताका साथै सांस्कृतिक विविधतालाई सम्मान गर्ने बैंकको प्रयास झल्किएको छ। साथै, “बिबिधतामा एकता”को भावना बढाउँदै रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ, जसले सामाजिक दायित्व पूर्तिमा बैंकको भूमिका रेखाङ्कित गरेको छ।

२४ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाईमार्फत अत्याधुनिक सेवा पुगाउँदै आएको छ। बैंकले भविष्यमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा दिने प्रतिवद्धता जाहेर गरेको छ।

यसरी कुमारी बैंकले आर्थिक सेवासँगै सामाजिक र सांस्कृतिक जिम्मेवारी पूरा गर्ने अभियानलाई अगाडि बढाउँदै आफ्नो वार्षिकोत्सव मनाएको छ।

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५...

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४३

  काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी...

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:११

  काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो...

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९ बैंकको एनपिएल ५ प्रतिशत माथि

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९...

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:०२

  काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या जटिल बन्दै...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:५२

  काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन...

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:४५

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख...