Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

गण्डकीमा प्रभु बैंकको एमएसएमई तथा उपभोक्तामुखी सेवा केन्द्रको उद्घाटन

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी सेवा केन्द्रको स्थापना गरेको छ । गण्डकी प्रदेशमा स्थापित उक्त केन्द्रको औपचारिक उद्घाटन बैंकका प्रदेश प्रमुख अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रानाले बैंकको यो नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।

बैंकको यो केन्द्रमार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । केन्द्रले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा उपलब्ध गराउनेछ ।

 

 

त्यस्तै, उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका ऋण योजनाहरू केन्द्रबाट उपलब्ध हुनेछन् ।

कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । यसले प्रदेशमा आर्थिक गतिशीलता र उद्यमको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

यसमा व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण, वित्तीय परामर्श सेवा र द्रुत तथा प्रभावकारी कागजी प्रक्रियाजस्ता सेवाहरू रहेको बैंकले जनाएको छ ।

इच्छुक ग्राहकहरूले प्रभु बैंकको गण्डकी प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...