Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कांग्रेस एमालेसँग मिसिन गएको होइन्, फोहोर सफा गर्न गएको हो : गगन थापा

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरु बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए ।

उनले भने, ‘कांग्रेसले भरोसा दिन सकेको छैन् । नेकपा एमालेसँग मिलेर सरकारमा गयौं । एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरुमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौं । खागरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो । त्यो पनि ढिला भएको छ ।’
त्यस्तै उनले २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेको परिणामहरुको व्यवस्थापन गर्दै दश वर्ष वितेको बताए । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको उनको भनाई छ ।

उनले भने,‘यो २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेका जतिपनि परिणामहरु रहे त्यसको व्यवस्थापन गर्दै दश वर्ष वित्यो । अब दौडने बेला भयो । संविधान पनि बन्यो सिस्टम पनि बन्यो । त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि चाँही धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ ।’

त्यस्तै उनले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यही मिसिन भने नगएको दाबी गरे ।
उनले भने,‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ । ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । त्यसकै अंग बन्न गएकै होइन ।’
देशमा कंकटको गतिकामा काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा बढेको भन्र्दै उनले सरकारले अपेक्षित गति पकड्न नसकेको टिप्पणी गरे ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...