Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

 

काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतिय सवारी साधनहरूको बीमा नीतिका सम्बन्धमा गम्भीर छलफल गरेको छ।

प्राधिकरण अध्यक्ष ओझाको कार्यकक्षमा सम्पन्न उक्त छलफलमा उपाध्यक्ष श्रेष्ठले हालसम्म विद्युतीय सवारी साधनहरूको लागि स्पष्ट, पारदर्शी र सुसंगत बीमा नीति तयार नभएको उल्लेख गर्दै बढ्दो प्रयोगसँगै उत्पन्न जोखिमहरूको उचित व्यवस्थापनका लागि प्रभावकारी नीति निर्माणको आवश्यकता औंल्याए।

श्रेष्ठले विद्युतीय सवारी साधनहरूको संख्या तीव्र रूपमा वृद्धि भैरहेको अवस्थामा सुरक्षित र प्रभावकारी बीमा प्रक्रिया अनिवार्य भएको उल्लेख गरे। उनले प्राधिकरणसँग नीति निर्माणमा नाडाको सुझाव समावेश गर्न आग्रह गर्दै आवश्यक तथ्यांक तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा प्राधिकरणले विद्युतीय सवारी साधनहरूको बीमा नीतिमा स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल तथा मूल्यसम्बन्धी विवरण समावेश गरिने जानकारी दिएको छ। साथै, बीमा दाबी (क्लेम) प्रक्रियालाई सुधार गरी थप पारदर्शी र सुलभ बनाउने लक्ष्य लिएको प्राधिकरणको भनाइ थियो।

प्राधिकरणले आगामी बीमा नीति निर्माण प्रक्रियामा नाडालाई प्रत्यक्ष सहभागी गराउने पनि जानकारी दिएको छ। अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर नीति बनाउनु पर्ने देखिएकाले नाडाले दक्षिण एसियाली राष्ट्रहरूमा प्रयोगमा रहेका नीति र अभ्यासहरूको अध्ययन गरी प्राधिकरणलाई आवश्यक जानकारी उपलब्ध गराउने तयारी गरेको छ। छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारीको उपस्थिति रहेको थियो। नाडा प्रतिनिधिमण्डलमा महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र साधारण सदस्य महेश पालको समेत सहभागिता रहेको थियो।

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा छुट

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र...

वि.सं.२०८२ असार ७ शनिवार २१:४५

  काठमाडौं । सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा...