CG Electronics
IME Life
NIMB

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतिय सवारी साधनहरूको बीमा नीतिका सम्बन्धमा गम्भीर छलफल गरेको छ।

प्राधिकरण अध्यक्ष ओझाको कार्यकक्षमा सम्पन्न उक्त छलफलमा उपाध्यक्ष श्रेष्ठले हालसम्म विद्युतीय सवारी साधनहरूको लागि स्पष्ट, पारदर्शी र सुसंगत बीमा नीति तयार नभएको उल्लेख गर्दै बढ्दो प्रयोगसँगै उत्पन्न जोखिमहरूको उचित व्यवस्थापनका लागि प्रभावकारी नीति निर्माणको आवश्यकता औंल्याए।

श्रेष्ठले विद्युतीय सवारी साधनहरूको संख्या तीव्र रूपमा वृद्धि भैरहेको अवस्थामा सुरक्षित र प्रभावकारी बीमा प्रक्रिया अनिवार्य भएको उल्लेख गरे। उनले प्राधिकरणसँग नीति निर्माणमा नाडाको सुझाव समावेश गर्न आग्रह गर्दै आवश्यक तथ्यांक तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा प्राधिकरणले विद्युतीय सवारी साधनहरूको बीमा नीतिमा स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल तथा मूल्यसम्बन्धी विवरण समावेश गरिने जानकारी दिएको छ। साथै, बीमा दाबी (क्लेम) प्रक्रियालाई सुधार गरी थप पारदर्शी र सुलभ बनाउने लक्ष्य लिएको प्राधिकरणको भनाइ थियो।

प्राधिकरणले आगामी बीमा नीति निर्माण प्रक्रियामा नाडालाई प्रत्यक्ष सहभागी गराउने पनि जानकारी दिएको छ। अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर नीति बनाउनु पर्ने देखिएकाले नाडाले दक्षिण एसियाली राष्ट्रहरूमा प्रयोगमा रहेका नीति र अभ्यासहरूको अध्ययन गरी प्राधिकरणलाई आवश्यक जानकारी उपलब्ध गराउने तयारी गरेको छ। छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारीको उपस्थिति रहेको थियो। नाडा प्रतिनिधिमण्डलमा महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र साधारण सदस्य महेश पालको समेत सहभागिता रहेको थियो।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...