CG Electronics
IME Life
NIMB

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

NIMB
Himalayan Bank

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) को आवेदनका लागि खुला गरेको समय अब २ दिन मात्रै बाँकी रहेको छ । आवेदन दिने अन्तिम मिति यही वैशाख ७ गतेसम्म रहेको छ ।

यस वर्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२५, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२५ (वुमन), नेशनल आइसिटी अवार्ड २०२५ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर), नेसनल आईसिटी अवार्ड २०२५ (पब्लिक सेक्टर – प्रोभिन्सियल/लोकल), ), नेसनल आईसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर – प्रोभिन्सियल/लोकल), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२५ र नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२५ विधामा अवार्ड प्रदान गर्दैछ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आइरहेको छ ।

उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विशेष योगदान पुऱ्याउने व्यक्ति तथा सङ्घ/संस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई तपसिलका विधाहरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२५’ प्रदान गर्न लागेको हो ।

इच्छुक सार्वजनिक संस्था/कार्यालय/कम्पनी तथा व्यक्तिहरूले आवेदन दिन सक्ने छन् । आवेदकले भर्नुपर्ने फारामको ढाँचा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट www.mocit.gov.np र सूचना प्रविधि विभागको वेबसाइट www.doit.gov.np मा उपलब्ध रहेको छ ।

उक्त आवेदन फाराम भरी २०८२ साल वैशाख ७ गते बेलुका ५:०० बजेभित्र ictaward@mocit.gov.np इमेलमा पठाउन वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराइसक्नुपर्नेछ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...