CG Electronics
IME Life
NIMB

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

NIMB
Himalayan Bank

 

काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा बगेर नबनाउनुपर्ने बताएका छन्। उनको भनाइ छ, “कर्मचारीतन्त्र बलियो नभएसम्म कुनै पनि प्रणाली सशक्त हुँदैन।”

शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयक छलफल गर्दै उनले यो विचार राखे। उनको मत छ, दश वर्ष लगाएर बनेको ऐन कम्तीमा अर्को दश वर्षसम्म कार्यान्वयन गर्नुपर्छ।

अतिरिक्त सचिव पद अनावश्यक?

विधेयकमा अतिरिक्त सचिव पद थप्न खोजिएकोमा उनले आपत्ति जनाए। “अतिरिक्त सचिव नभएर सेवा वितरणमा के असर पर्यो?” उनले प्रश्न उठाए। अघिल्लो अभ्यास असफल भएपछि यस्तो पद थप्दा राज्यलाई मात्र आर्थिक बोझ बढ्ने उनको तर्क छ।

कर्मचारी सरुवामा अनियमितता चिन्ताजनक

हालको ऐनअनुसार नियुक्ति गरिएको कर्मचारीलाई दुई वर्षसम्म सरुवा गर्न नपाउने भएतापनि एक-दुई महिनामै सरुवा हुने प्रवृत्ति जारी रहेको उनले उल्लेख गरे। उनले सरकारले कर्मचारीको वृद्धिविकासमा ध्यान दिनुपर्ने बताए।

राजस्व र पूँजीगत खर्चमा चुनौती

कर्मचारीको उचित विकास नहुँदा लक्ष्य अनुसार राजस्व उठ्न नसकेको र पूँजीगत खर्च २० प्रतिशत मात्र भएको चिन्ता उनले व्यक्त गरे। यस्तो अवस्थामा नयाँ कानून बनाउनुभन्दा कर्मचारीको क्षमता विकासमा ध्यान दिनुपर्ने उनले जोड दिए।

 

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...