CG Electronics
IME Life
NIMB

भिभो वाई–२९ स्काइवाक टावरमा सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । २०८२: विश्वप्रसिद्ध प्रविधि ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादी मा एक भव्य समारोहका साथ प्रमुख मिडियाहरू र ईनफ्लुन्सेरहरुको उपस्थितिमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

स्काइवाक टावरमा आयोजित समारोहले ६५०० एमएएच क्षमताको ब्याट्री लाई मुख्य विशेषता स्वरूप उजागर ग¥यो । भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित यो फोनले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ । ४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएच सम्मको रिभर्स चार्जिङ, साथै ईमरजेन्सी पावर सेभिङ मोडको सहायताले १ ५ ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउँछ । साथै, ५ वर्षसम्मको ब्याट्री ग्यारेन्टीले प्रयोगकर्तालाई दीर्घकालीन सन्तुष्टि दिन्छ ।

भिभो वाई–२९ को डिजाइन पक्षमा पनि नयाँपन देखिन्छ । थ्रीडी कभ्र्ड ब्याकप्लेट र मेटालिक हाई–ग्लस फ्रेमले स्टाइल र समात्न सजिलोपन दुबै प्रदान गर्छ। नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, जसले फोटो तथा भिडियो अनुभवलाई नयाँ उचाइमा पु–याउँछ । फोनमा प्रयोग गरिएको शट अल्फा ग्लासले यसलाई ड्रप, डस्ट र स्प्ल्यास प्रूफ बनाउँछ — चाहे त्यो बाइकमै यात्रा गर्दा होस्, समुद्रकिनारमा घुम्दा होस् वा आकस्मिक पानी पोखिँदा होस् ।

प्रदर्शन र फिचरको संयोजनमा भिभो वाई–२९ अत्यन्तै प्रभावशाली छ । ८ + ८ जि बी को विस्तारित ¥याम र २५६ जि बी स्टोरेजले गर्दा मल्टिटास्किंग झन्झटरहित मल्टिटास्किंगको सुनिश्चित गर्छ । १२० हर्ट्ज रिफ्रेश रेट, १००० निट्ससम्मको ब्राइटनेस, र टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४००% अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरूले तपाईंको मनोरञ्जनलाई अझ जीवन्त बनाउँछ ।

फोटोग्राफीप्रेमीका लागि, भिभो वाई–२९ मा ५० एमपी एचडी मुख्य क्यामेरा छ । एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई अझ सहज बनाउँछ । साथै, एआई– सुपर लिंक, सर्कल टु सर्च र स्क्रिन ट्रान्सलेसन जस्ता स्मार्ट फिचरहरूले दैनिक प्रयोगलाई अझ सहज र प्रभावकारी बनाउँछन्।

भिभो वाई–२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य रु. २४,९९९ राखिएको छ । सशक्त ब्याट्री, मजबुत बनावट र स्मार्ट फिचरहरूसहितको भिभो वाई–२९ एक यस्तो स्मार्टफोन हो, जसले प्रदर्शन, सौन्दर्य र दीर्घकालीन प्रयोगको आदर्श संयोजन प्रदान गर्छ।

 

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...