NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असमायिक प्रवित्तिहरु प्रकट भइरहेको बताएका छन् ।
नेपाल प्रगगतिशिल प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै उनले देशमा प्रतिगामी प्रवृत्ति, अति दक्षिणपन्थी र उग्र वामपन्थ प्रकट भइरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले मिसन ८४ भनेका छौं । मिसल त्यत्तिकै भनिएको होइन । देशका विभिन्न प्रकारका विकृति, विसंगतीहरु, हानिकारक र असमायिक प्रबृत्तिहरुको अन्त्यका लागि भनिएको हो ।’

साथै उनले सुन्दर समाज सिर्जना गर्न दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति निर्माण गर्न लोकतन्त्र चाहिने बताए ।
ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर शिक्षकहरुलाई विद्यालयमा फर्कन आव्हान गरेका छन् ।

उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।

‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउनकै लागि भनेर यत्रा धेरै शिक्षकहरु सकडमा आउनु पर्दैन । भर्ना अभियान सुरु भइसकेकाले । कृपया विद्यालयमा गएर भर्ना सुरु गर्नुहोस । एसइइको उत्तरपुस्तिका परीक्षण गर्नुस् । एसइइमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ । शिक्षकहरुलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरु सल्बनाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन ।’

 

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...