Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन् ।

नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनले भने, ‘चामल, तेल, दालजस्ता वस्तुहरूको नेपालमै उत्पादन गर्ने पर्याप्त सम्भावना छ। यस क्षेत्रमा उपयुक्त लगानी गरी प्याकेजिङ र ब्रान्डिङमा निजी क्षेत्रले अझ ध्यान दिनुपर्ने आवश्यकता छ । सरकार उद्योगमैत्री नीति अवलम्बन गर्दै नीतिगत सहुलियत दिन तयार छ ।’

भारतको उदाहरण दिँदै उनले भने, ‘नेपालभन्दा कैयौँ गुणा बढी जनसंख्या भएको भारतले आफ्ना प्रयाप्त उत्पादनहरू निर्यात गर्न सकेको छ भने, हाम्रो देशको हावापानी हेर्दा एकै दिनमा हिमाल, पहाड र तराईको अनुभव गर्न सकिन्छ ।

यस्तो विविध वातावरण भएको देशमा उत्पादन वृद्धि गर्नु कुनै ठूलो चुनौती होइन । त्यसैले निजी क्षेत्र उत्पादन वृद्धिको अभियानमा सक्रिय हुनुपर्छ । सरकारले नीति तथा सहुलियतका माध्यमबाट अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाएको छ ।’

उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा सरकार सबै क्षेत्रसँग परामर्शमा केन्द्रित रहेको बताए ।

मन्त्री भण्डारीका अनुसार नेपालमा ३३ हजार मेट्रिक टन खाद्यान्न स्टक गर्नुपर्ने लक्ष्य रहेपनि त्यो अझै पूरा हुन सकेको छैन ।

‘हाल हामी त्यो लक्ष्यको नजिक पुग्दैछौं,’ उनले भने, ‘तर यस वर्ष पेट्रोलियम पदार्थभन्दा पनि बढी सोयाबिनको आयात भएको देखिएको छ । पहाडहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझो छन्, र युवाहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य छन्। विदेशको विषादीयुक्त खाद्यपदार्थ खाएर जीउ जोगाउनु हाम्रो लागि विडम्बनाको कुरा हो ।’

उनले हिमाली तथा पहाडी क्षेत्रमा रैथाने अन्नबालीको उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...