CG Electronics
IME Life
NIMB

प्राइम कमर्सियल बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्ड प्रणालीमा आबद्ध

NIMB
Himalayan Bank

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस (नेशनल पेमेन्ट स्विच) तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामा प्राइम बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ इस्यू तथा अक्वायर गर्न आफ्ना प्रणालीहरूसँग इन्टिग्रेट हुन आग्रह गरेपछि बैंक तथा वित्तीय संस्थाहरू यस प्रणालीमा आबद्ध भइरहेका छन्।

नेपालपे पूर्वाधारको व्यावसायिक रुपमा सुरु भएपछि प्राइम कमर्सियल बैंकले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड इस्यू गर्ने र स्वीकृति दिने (एक्वायर गर्ने) सेवा प्रदान गर्न सक्नेछ।

एनपीएस–एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग तथा सेटलमेन्टको लागि एक केन्द्रीय स्विचको रुपमा कार्य गर्नेछ। यस प्रणालीको पूर्ण कार्यान्वयनपछि कारोबार लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीन प्रविधिको विकास र प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

एनसीएचएल हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) र सयभन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।

नेपालपे कार्ड र एनपीएस–एनसीएसको कार्यान्वयनले नेपालको कार्ड प्रणालीलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

हाल प्राइम कमर्सियल बैंक देशभर १९३ शाखा/विस्तारित काउन्टर र १३७ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

 

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...