Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्राइम कमर्सियल बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्ड प्रणालीमा आबद्ध

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस (नेशनल पेमेन्ट स्विच) तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामा प्राइम बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ इस्यू तथा अक्वायर गर्न आफ्ना प्रणालीहरूसँग इन्टिग्रेट हुन आग्रह गरेपछि बैंक तथा वित्तीय संस्थाहरू यस प्रणालीमा आबद्ध भइरहेका छन्।

नेपालपे पूर्वाधारको व्यावसायिक रुपमा सुरु भएपछि प्राइम कमर्सियल बैंकले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड इस्यू गर्ने र स्वीकृति दिने (एक्वायर गर्ने) सेवा प्रदान गर्न सक्नेछ।

एनपीएस–एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग तथा सेटलमेन्टको लागि एक केन्द्रीय स्विचको रुपमा कार्य गर्नेछ। यस प्रणालीको पूर्ण कार्यान्वयनपछि कारोबार लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीन प्रविधिको विकास र प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

एनसीएचएल हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) र सयभन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।

नेपालपे कार्ड र एनपीएस–एनसीएसको कार्यान्वयनले नेपालको कार्ड प्रणालीलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

हाल प्राइम कमर्सियल बैंक देशभर १९३ शाखा/विस्तारित काउन्टर र १३७ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

 

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

वि.सं.२०८२ असार ३१ मंगलवार १०:२९

  काठमाडौं । काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...