CG Electronics
IME Life
NIMB

सिटिजन लाइफद्वारा अभिकर्तालाई प्रशिक्षण तथा उत्प्रेरणा तालीम प्रदान

NIMB
Himalayan Bank


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको अन्त्यसम्म क्लब लक्ष्य प्राप्त गर्न आफ्ना अभिकर्ताहरूलाई आज थापाथलीस्थित मुख्य कार्यालयमा विशेष प्रशिक्षण तथा उत्प्रेरणा तालीम दिएको छ।

उक्त तालीममा कम्पनीका चिफ मार्केटिङ अफिसर भुषण रिमाल र चिफ बिजनेस अफिसर सुनिल पोखरेलले क्लब लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति, बीमा बजारको वर्तमान अवस्था, पोलिसी बिक्री कौशल अभिवृद्धि तथा प्रभावकारी सेवाका उपायहरूबारे अनुभव साटासाट गर्दै सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई नेतृत्व क्षमता विकास, समय व्यवस्थापन, लक्ष्य निर्धारण तथा आत्मविश्वास अभिवृद्धिका विषयमा व्यावहारिक तालीम दिइएको थियो। यसले उनीहरूलाई थप प्रेरित, जिम्मेवार र परिणाममुखी बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

साथै, सहभागी अभिकर्ताहरूले तालीममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी निर्धारित लक्ष्यहरू प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि यस्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...