सिटिजन लाइफद्वारा अभिकर्तालाई प्रशिक्षण तथा उत्प्रेरणा तालीम प्रदान

Thursday Apr 24, 2025
वि.सं.२०८२ वैशाख ११ बिहीवार २२:४४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको अन्त्यसम्म क्लब लक्ष्य प्राप्त गर्न आफ्ना अभिकर्ताहरूलाई आज थापाथलीस्थित मुख्य कार्यालयमा विशेष प्रशिक्षण तथा उत्प्रेरणा तालीम दिएको छ।
उक्त तालीममा कम्पनीका चिफ मार्केटिङ अफिसर भुषण रिमाल र चिफ बिजनेस अफिसर सुनिल पोखरेलले क्लब लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति, बीमा बजारको वर्तमान अवस्था, पोलिसी बिक्री कौशल अभिवृद्धि तथा प्रभावकारी सेवाका उपायहरूबारे अनुभव साटासाट गर्दै सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई नेतृत्व क्षमता विकास, समय व्यवस्थापन, लक्ष्य निर्धारण तथा आत्मविश्वास अभिवृद्धिका विषयमा व्यावहारिक तालीम दिइएको थियो। यसले उनीहरूलाई थप प्रेरित, जिम्मेवार र परिणाममुखी बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
साथै, सहभागी अभिकर्ताहरूले तालीममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी निर्धारित लक्ष्यहरू प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि यस्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।