CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफले बैशाख ३० देखि २७प्रतिशतले हकप्रद सेयर बिक्री गर्ने

NIMB
Himalayan Bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख ३० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हालको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजीको २७ प्रतिशत अनुपातमा अर्थात् १ कित्तामा नयाँ ०.२७ कित्ता दरले हकप्रद सेयर ल्याउन लागेको हो।

यसअन्तर्गत कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर प्रतिकित्ता १ सय रुपैयाँमा बिक्री गर्नेछ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेकोले बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। हकप्रद सेयरका लागि आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएको छ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ। सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय तथा क्षेत्रीय कार्यालय, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्गस नेपालले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमता औसत रहेको संकेत गर्दछ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...