CG Electronics
IME Life
NIMB

सूर्यज्योति लाइफको १७औं वार्षिकोत्सव, १५ वर्ष नाघेका कर्मचारीलाई विशेष सम्मान

NIMB
Himalayan Bank

काठमाडौं । जीवन बीमा क्षेत्रमा पहिलो सफल मर्जर अभ्यास गरेर उदाहरण बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ।

१६ वर्षको यात्रा पूरा गरी १७ औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, सञ्चालकहरू, पूर्व सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, उच्च व्यवस्थापन टोली, विभागीय प्रमुखहरू र पूर्व कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कम्पनीले वार्षिकोत्सवको अवसरमा १५ वर्षभन्दा बढी सेवा गरी संस्था विकासमा योगदान पुर्‍याएका २१ जना कर्मचारीहरूलाई सम्मान गरेको छ। सम्मानित कर्मचारीहरूमा विरेन्द्र प्रसाद चौधरी, गिता बस्नेत, सिर्जना श्रेष्ठ, शंकरलाल कर्ण कायस्त, प्रमोद प्रसाद, प्रमिला पराजुली, बिना श्रेष्ठ जोशी, अषुसेन तामाङ, विष्णु ढकाल, उद्धवप्रसाद बर्तौला, रघुनाथ भण्डारी, बिपुल थापा, कल्पना कोइराला, पून्न प्रसाद लामिछाने, मोना चित्रकार, जनार्दन पौडेल, कृष्णबहादुर बस्नेत, हरिराज पाण्डे, संजय कुमार मांझी, यज्ञ बहादुर रावत क्षेत्री र दुर्गा खवास रहेका छन्।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको आर्थिक अवस्था, सेवा गुणस्तर र विश्वासनीयता उल्लेखनीय रुपमा सुधारिएको बताउँदै भविष्यमा आधुनिक प्रविधिको प्रयोग र ग्राहकमैत्री सेवाको विकासमार्फत अझ उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, कर्मचारीहरूको हकहित, सीप तथा व्यक्तित्व विकासलाई कम्पनीको मुख्य प्राथमिकता रहेको उल्लेख गरे।

अध्यक्ष भट्टराईले ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमनकारी निकाय र साझेदारहरूप्रति आभार प्रकट गर्दै संस्थागत सुशासन, पारदर्शिता र नीतिनियमको पालना गर्दै अघि बढ्ने अठोट व्यक्त गरे।

सूर्यज्योतिले हालसालै ‘सूर्यज्योति ई–कर्जा’ (अनलाइनमार्फत सजिलै ऋण सुविधा) र ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ जस्ता नयाँ सेवा सञ्चालनमा ल्याएको छ।

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ ९००१–२०१५ प्रमाणपत्र प्राप्त गरेको सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४,४०० करोड रुपैयाँ, बीमा कोष ३,९४० करोड रुपैयाँ र नेटवर्थ ६३० करोड रुपैयाँ रहेको छ।

कम्पनीसँग ३२ लाख ७५ हजार ४७९ बीमालेख, १ लाख २ हजार २४० प्रशिक्षित अभिकर्ता र १७४ शाखाहरू छन्। साथै ३५ वटा घातक रोगहरूको उपचार खर्च सुविधा दिने जीवन बीमा कम्पनीका रूपमा सूर्यज्योति पहिलो बनेको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...