CG Electronics
IME Life
Ncell NPL

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज मिति २०८२ साल वैशाख १४ गतेका दिन विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन र कारवाही गरेको छ। विभागले अनुगमनबाट प्राप्त विवरण सार्वजनिक गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ।

विभागका अनुसार अनुगमनको क्रममा अल्फा बिजनेस प्रा.लि., काठमाडौं महानगरपालिका–११ लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

त्यस्तै, होम फर्निसर्स प्रा.लि., लुगाघर कागेश्वरी मनोहरा नगरपालिका–९, ॐ सिद्धि ज्वेलर्स काठमाडौं महानगरपालिका–१३, आकाश फुड्स काठमाडौं महानगरपालिका–११, मार्फा ट्रेडिङ प्रा.लि. काठमाडौं महानगरपालिका–२४, जिरे खुर्सानी रेष्ट्रो मध्यपुर थिमी नगरपालिका–१, दुगड आइरन एण्ड स्टिल ट्रेडिङ कम्पनी प्रा.लि. काठमाडौं महानगरपालिका–११, र डि एण्ड डि अटो लिंक प्रा.लि. काठमाडौं महानगरपालिका–१२ लाई तीन दिन भित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यसैगरी, चौलागा क्षेत्रमा रहेको एक व्यवसायीलाई भने सात दिन भित्र विभागमा हाजिर हुन सूचित गरिएको छ। विभागले अनुगमनका क्रममा देखिएका कमजोरीहरूको सन्दर्भमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार कसुर ठहर गरी ऐनको दफा ३९ को उपबन्द १ (ख) बमोजिम जरिवाना र निर्देशनात्मक कारवाही गरिएको जनाएको छ।

विभागले सबै व्यवसायीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। समाचार र हेडिङ

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...