CG Electronics
IME Life
NIMB

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२÷८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आसन्न बजेटको सन्दर्भमा गरेको बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस वर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुने र निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘ मलाई विश्वास छ यस वर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुने छन् । मलाई विश्वास छ आर्थिक वर्ष २०८२–८३ को बजेटले निजी क्षेत्रले उठाएको सवालाई सम्बोधन गर्ने छ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’

त्यस्तै उनले देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राखे ।

स्थानीय उत्पादनलाई प्रोत्साहन, मौलिक सीपहरुको प्रवद्र्धन र उद्यमशिलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने,‘देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस कार्यक्रममार्फत निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्नका लागि अनुरोध गर्दछु । स्थानीय उत्पादनलाई प्रोत्साहन गरी, मौलिक सीपहरुको प्रवद्र्धनगरी उद्यमशिलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक छ ।’

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...