CG Electronics
IME Life
NIMB

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

NIMB
Himalayan Bank

 

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माण सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहल सहित विभिन्न सुझाव दिएको हो ।
चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष दीपक कुमार मलहोत्राले चेम्बरले दिएको सुझाव नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई हस्तान्तरण गरे ।

उद्यमी व्यवसायीहरुको मनोबल खस्किनुको पछाडी विगतका पुराना समस्याहरुको बोझ नै प्रमुख कारण रहेकाले लगानी मैत्री वातावरणका लागि नीतिगत सहजीकरण हुनुपर्ने सुझावमा उल्लेख गरिएको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रको आर्थिक जोखिम बहन क्षमता अत्यन्तै न्यून भएकाले थप जोखिम लिएर नयाँ उद्यम व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिन सकिने अवस्था छैन, ।’

अर्थतन्त्रलाई चलायमान बनाउन चालुपुँजि कर्जा निर्देशिकालाई खारेजी गरिनुपर्ने चेम्बरले सुझाव दिएको छ । चालुपुँजी कर्जा निर्देशिकामा रहेका जटिल प्रावधानका कारण बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम अधिक भएपनि कर्जा विस्तार हुन नसकेको कार्यबाहक अध्यक्ष मल्होत्राले बताए ।

व्यक्तिले घरजग्गा तथा अपार्टमेन्ट खरिद गर्दा आयस्रोतको विद्यमान झन्झटिलो व्यवस्थामा सहजीकरण गरिनुपर्नेमा समेत उनले जोड दिए । खस्किदै गएको घरजग्गा व्यवसायमा सुधार गर्न विदेशी नागरिकलाई पनि अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था आगामी बजेटमा समावेश गर्नुपर्नेमा समेत चेम्बरले नेपाली कांग्रेसलाई सुझाव दिएको छ । यसैगरी कृषिमा परिनिर्भरता घटाउन लगानीमैत्री वातावरण, उत्पादनमुखी नीतिको व्यवहारिक कार्यान्वयन गरिनुपर्ने चेम्बरको जोड छ ।

चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कृषिमा बैदेशिक लगानी आर्कषित गर्न जग्गामा लाग्दै आएको हदबन्दी हटाउनुपर्दछ । जग्गामा हदबन्दी लाग्दा यसले लगानी आर्कषित हुन नसक्ने तथा यान्त्रिकरण र आधुनीकिकरणमा समस्या उत्पन्न भएको छ ।’ बाँझो जमिन सदुपयोग नीति अंगिकार गरेर युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न समेत चेम्बरले नेपाली कांग्रेसलाई सुझाव दिएको छ ।

नेपालको पर्यटन प्रवद्र्धन गर्न विदेशस्थित नेपाली राजदूतावासमा वर्षमा कम्तिमा एक पटक नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ । मुलुकमा थप भएका २ वटा अन्तराष्ट्रिय विमानस्थललाई अझै प्रभावकारी संचालनमा ल्याई बढी पर्यटक भित्र्याउने नीतिहरु अवलम्वन गरिनुपर्ने भनिएको छ । ऊर्जा विद्येयकमा उल्लेखित प्रावधान, अदालतबाट आएका फैसला र बन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत आयोजनाहरुको निर्माणमा गम्भिर चुनौती खडा गरेको चेम्बरले उल्लेख गरेको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संरक्षित बन क्षेत्रमा विद्युत विकास विभाग मार्फत अनुमति लिएर डेभलपरहरुले लगानी गरिसकेको अवस्थामा पछिल्लो समय अदालतको फैसलाको आधारमा सम्वन्धित निकायबाट बन क्षेत्रमा भएको अवरोधले प्रसारण लाईन र आयोजना निर्माण अन्यौलमा परेको छ भने लगानीकर्ताको करोडौं रुपैयाँ थप जोखिममा परेको छ ।’

यस्तोखाले जटिल प्रावधानलाई संसदबाट कानून बनाएर संशोधन गर्न पनि चेम्बरऊर्जा विधेयकमा उल्लेखित केही प्रावधानका कारण जलविद्युत आयोजना बन्नै नसक्ने अवस्था सिर्जना भएको छ । धितोपत्र बोर्डले झण्डै ५० जलविद्युत कम्पनीको प्राथमिक सेयर निस्कासन आईपीओ रोकेर राखिदिएको छ । निर्माणाधिन आयोजनामा आइपीओ जारी हुन नसकेपछि आयोजना निर्माणमा वित्तिय अवरोध सिर्जना भएको चेम्बरले उल्लेख गरेको छ ।

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...