CG Electronics
IME Life
Ncell NPL

स्वच्छ खानेपानी सबैको घरसम्म पुर्‍याउने सरकारको संकल्प : मन्त्री यादव

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

धनकुटा (सङ्गुरीगढी), १३ वैशाख – खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्।

बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको आज शिलान्यास गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न स्वच्छ खानेपानी पहुँच सुनिश्चित गर्न सरकार गम्भीर रहेको बताए।

“आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका वडाहरूमा गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुआत गरेको छ,” उनले भने।

मन्त्री यादवले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरी नागरिक अधिकार सुनिश्चित गरिने बताए।

उनका अनुसार सह–लगानी मोडेललाई सरल बनाउँदै ८५/१५ मा रूपान्तरण भइसकेको छ, र विकट क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।

बुढीमोरङ आयोजना सम्पन्न भएपछि ४६४ घरधुरीका करिब २,२१३ स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। आयोजनाको मुख्य स्रोत काम्फुवा खोला हो, जहाँबाट प्रति सेकेन्ड २२ लिटर पानी लिफ्टिङ प्रविधिबाट खिचिनेछ।

आयोजनाको कुल लागत ७ करोड २१ लाख ७७ हजार ७३७ रुपैयाँ रहेको छ। जसमा सरकारले ९०% अर्थात् ४ करोड ७४ लाख १६ हजार ३१ रुपैयाँ र समुदायबाट १०% अर्थात् ५२ लाख ६८ हजार ४४७ रुपैयाँ लगानी गरिनेछ।

कार्यक्रममा मन्त्रालयका सचिव, इञ्जिनियर, विभागीय प्रमुख र स्थानीय जनप्रतिनिधिसहितको उपस्थिति थियो।

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...