आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक, अभिकर्ता तथा कर्मचारीहरूका लागि लुम्बिनी केवलकारमा २०प्रतिशत छुट

Wednesday Apr 30, 2025
वि.सं.२०८२ वैशाख १७ बुधवार २१:३१

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब लुम्बिनी केवलकारको टिकट खरिदमा २०% छुट प्राप्त गर्न सक्ने भएका छन्। आई.एम.ई. लाइफ इन्स्योरेन्स र लुम्बिनी केवलकार प्रा. लि. बीच सम्पन्न सम्झौताबाट यो छुट सुविधा लागू गरिएको हो।
उक्त छुट सुविधा प्राप्त गर्न बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाउनु पर्नेछ भने, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी आधिकारिक परिचयपत्र प्रस्तुत गरेर छुट पाउन सक्नेछन्।
यस सहकार्यले एकातर्फ कम्पनीको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउनेछ भने अर्कोतर्फ बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
छुट पाउनका लागि सेवाग्राहीले लुम्बिनी केवलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नु पर्नेछ। साथै, भविष्यमा सेवा प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले ‘प्रिभिलेज कार्ड’ जारी गर्ने योजना पनि बनाएको छ।